घोराही, २९ फागुन
सामुदायिक सेवा केन्द्र घोराही दाङको १६ औँ साधारण सभा एवं आठौँ अधिवेशन वुधवार घोराहीमा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं प
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक क्षेत्रमा सामुदायिक सेवा केन्द्रले नमूना छवि बनाएका बताएका थिए । उनीहरुले सचेतना कार्यक्रमहरुमा केन्द्र अग्रणी पक्तीमा रहेको भन्दै उनीहरुले यसलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले सामुदायिक सेवा केन्द्रको संस्थागत र भौतिक विकासकालागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले समुदाय र प्रहरी बिचको समन्वयकालागि सामुदायिक सेवा केन्द्रले पुलको काम गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले सामुदायिक सेवा केन्द्रले कामको आधारमा आफ्नो छवी स्थापीत गरेको बताए ।
त्यस अवसरमा सचिव आर.के.शीतलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कैलाश रोका मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका संस्थापक एवं सल्लाहकार भुपेन्द्र सुवेदी, संस्थापक एवं पूर्व अध्यक्ष नरेशजंग राना, पूर्व अध्यक्ष बलदेव योगी, निवर्तमान अध्यक्ष निशान्त आचार्य, केन्द्रका पूर्व सल्लाहकार एवं सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय उपाध्यक्ष भिमप्रकाश खड्का, केन्द्रका सल्लाहकार एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव माया पोख्रेल, आजिवन सदस्य रामदयाल गुप्ताले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष कृष्णा रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आर.के.शीतलले गरेका थिए । साधारण सभाले केन्द्रको आजिवन सदस्यताको शुल्क बढाएर २ हजार १ सय ५ रुपैया निर्धारण गरेको छ ।
अध्यक्षमा पुन
सामुदायिक प्रहरी सेवा केन्द्र दाङको अध्यक्षमा पुनः विष्णुप्रसाद पुन चयन भएका छन् । केन्द्रको वुधवार घोराहीमा भएको आठौँ अधिवेशनले पुनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्ष कृष्णा राना, सचिवमा आर.के.शीतल, सहसचिवमा के.वि घर्ति, कोषाध्यक्षमा कैलाश रोका मगर रहेका छन् भने सदस्यहरुमा बसन्त पुन, रामदयाल गुप्ता, मौसम आचार्य, दिर्घनारायण पाण्डे, बसन्ता भण्डारी, देविराम न्यौपाने, लिलाराज खड्का, जीवन वली, र मीना पौडेल रहेका छन् ।
RaptiSandesh RaptiSandesh