Home / Feature Breaking news / फर्निचर उद्याेगमा भएकाे आगलागीबाट पूर्ण क्षति

फर्निचर उद्याेगमा भएकाे आगलागीबाट पूर्ण क्षति

घाेराही, ८ कार्तिक
घाेराहीकाे सहिद उमेश मार्ग राेडमा रहेकाे तीन वटा फर्निचर उद्याेगमा लागेकाे आगलागीबाट तीनवटै फर्निचर उद्याेग जलेर पूर्ण क्षति भएकाे छ ।
न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर उद्योगमा भएकाे आगलागीबाट सम्प्ण सामाग्री जलेर नष्ट भएकाे हाे । राति करिब १२ बजे आगलागी भएकाे र अहिले पनि आगलागीकाे नियन्त्रण प्रयास जारी छ ।
आगाे बिहान साढे ४ बजे नियन्त्रणमा आएकाे थियाे भने अहिले पूर्ण नियन्त्रणकाे प्रयास भईरहेकाे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घाेराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाकाे सहयाेगमा आगाे पूर्ण नियन्त्रणकाे प्रयास गरिरहेकाे छ ।
विद्युत सर्ट भएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*