Home / Feature Breaking news / प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचार केन्द्रः मुख्यमन्त्री पोख्रेल

प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचार केन्द्रः मुख्यमन्त्री पोख्रेल

दाङ, ३० फागुन । प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशका तीनवटै प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न तयार रहेको बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आयोजना गरेको नसर्ने रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई
सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशका तीनवटै प्रादेशिक अस्पतालमा बिशेषज्ञसहितको मिर्गौला रोग उपचार केन्द्र सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन ।

पछिल्लो समय परिबर्तन भएमो मानिसको सुखमय जीवनशैलीले मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको भन्दै अब काठमाडौंमा मात्रै नभएर प्रदेशस्तरमा पनि मृगौला रोगीहरुको लागि प्रभाबकारी उपचार केन्द्र सञ्चालन गर्नुपर्ने उनको भनाई थियो । मुख्यमन्त्रीले प्रदेशका तीनवटा अस्पताललाई फरक–फरक बिशेषज्ञ सेवाको रुपमा बिकास गर्ने बताए । ‘ हामीले प्रदेश भित्रका तीनवटा प्रादेशिक अस्पतालमध्ये कुन अस्पताललाई कुन बिशेषज्ञको रुपमा बिकास गर्ने भन्ने योजना बनाएका छौं’ उनले भने‘ केन्द्रले त्यही अनुसार अधिकार दिए हामी अस्पतालको स्तरबृद्धि गर्न तयार छौं ।’
त्यस्तै मुख्यमन्त्री पोखरेलले आँखाको उपचारका लागि आधारभुत तहको बिशेषज्ञ सेवा प्रदेश भित्रबाट दिनका लागि पनि प्रदेश सरकारले नीति बनाएको बताए । मु

कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको थियो । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. ऋषिकुमार काफ्लेले हामीले खानपानमा ध्यान नदिदा पछिल्लो समय मिर्गौलाको समस्या बढेको बताए । उनले उनले जंकफुड भन्दा घरमा बनेको खानेकुरा खानुपर्ने, दैनिक १० हजार पाईला ( ७ किलोमिटर) हिड्नुपर्ने, बर्षमा एकपटक मृगौला जाँच गराउनु पर्नेलगायतका कुराहरुमा ध्यान दिनुपर्ने बताए ।

कर्यक्रममा अँखा रोग बिशेषज्ञ डा. सन्दुक रुईत, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष नबराज लामिछाने, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख डा. गोकर्ण दाहालले बोलेका थिए । कार्यक्रमको सहजीकरण प्रमुख डा. दाहालले गरेका थिए । कार्यक्रम शुरु हुनुपूर्ब सचेतनामुलक ¥यालीले बजार परिक्रमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*