Home / Feature Breaking news / राष्ट्रियसभा निर्वाचनको तयारी पुरा, बुधवार विहान ९ बजेदेखि मतदान

राष्ट्रियसभा निर्वाचनको तयारी पुरा, बुधवार विहान ९ बजेदेखि मतदान

दाङ, ११ माघ । लुम्विनी प्रदेशमा बुधवार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि १ मतदान स्थल निर्धारण गरिएको छ भने २ मतदान केन्द्र निर्धारण गरिएकोे प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले वताए ।

एउटामा प्रदेश सभाका सदस्यले मतदान गर्ने छन् भने अर्का मतदान केन्द्रबाट पालिकाका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्ने छन् । २ वटा मतदान केन्द्रका लागि निर्वाचनका लागि १८ जना कर्मचारी परिचालन गरिने भएको छ । आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन हुनेछन् । बाहिर स्वास्थ्यकर्मीहरु रहने भएका छन् । सुरक्षा मापदण्ड अपनाएर मतदान गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान विहान ९ वजेदेखि ३ वजेसम्म हुने सुचना अधिकारी कुवरले बताए । ‘राष्ट्रियसभा निर्वाचनको सम्पूर्णत तयारी पुरा भएको छ’,उनले भने,‘मतदानका लागि कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्रहरु निर्माणको काम भैसकेको छ ।’ उनका अनुसार मतदान सकिए लगतै मतगणना सुरु गरिने बताए ।

वुधवार नै नतिजा प्रकाशन गर्ने गरि तयारी भएको सुचना अधिकारी कुवरले बताए । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको हो । लुम्बिनी महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ दलको तर्पmबाट ३ जना र नेकपा एमालेको तर्फबाट तीन जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । सत्तारुढ दल अन्र्तगत नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा उम्मेदार रहेका छन् ।

एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानिय तहका प्रमुख, उप प्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्ने पाउने व्यवस्था छ ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । उनीहरू मध्य एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउने छन् । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै निर्वाचन गरी सक्नु पर्ने व्यवस्था गरेको छ ।

यस्तो लुम्बिनीमा मतभार

लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन बलियो छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २ सय ९६ हो । प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन् । जसमा प्रदेश सांसद ८१ जना छन् भने स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १५ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

८१ प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८, स्थानीय तहतर्फको कुल मतभार ३ हजार ८ सय ७० गरी प्रदेशको कुल मतभार ७ हजार ७ सय ५८ हुने छ । जसमध्ये प्रदेशसभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद छन् । जसको कुल मतभार २१ सय १२ हुन्छ ।

स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन् । गठबन्धनको स्थानीय तहतर्फको कुल मतभार २ हजार १ एक ७८ हुन्छ । प्रदेशसभा र स्थानीय तह दुवैतर्फ गरी जम्मा लुम्बिनीमा गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० छ । त्यसैगरेर एमालेको प्रदेशसभामा ३६ र स्थानीय तहतर्फ ८८ प्रमुख तथा उपप्रमुख छन् ।

जसमा प्रदेशसभातर्फको मतभार १ हजार ७ सय २८ र स्थानीय तहतर्फको मतभार १ हजार ५ सय ८४ गरि जम्मा एमालेको लुम्बिनी प्रदेशमा कुल मतभार ३ हजार ३ सय १२ रहेको छ । यस आधारमा सत्तारुढ गठबन्धन ९ सय ७८ मतभारले एमालेभन्दा अघि छ । लुम्बिनीमा प्रदेशसभा सदस्यमा एक र स्थानीय तहमा ४ मत स्वतन्त्रतर्फको रहेको छ । स्वतन्त्रतर्फको कुल मतभार १ सय २० रहेको प्रदेश निर्वााचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*