Home / Feature Breaking news / ८ लाख ९३ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ

८ लाख ९३ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ

कैलाली । कैलालीमा ८ लाख ९३ हजार ५० रुपैयाँसहित सातजना जुवाडे पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ सुख्खड स्थित करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार उनीहरु पक्राउ परेका हुन् । सोही नगरपालिका–१ बस्‍ने ३२ वर्षीय अक्कल बहादुर शाही लगायत ७ जनालाई पक्राउ परेका हुन् ।

थापाको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान र इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*