दाङ, १४ जेठ । दाङको देउखुरीमा हराएकी महिला करिव १६ दिनपछि मृत अवस्थामा फेला परेकी छिन । गढवा गाउँपालिका वडा नं. ७ बस्ने दुर्गाबहादुर विककी छोरी ५० बर्षीया देवीकला विक हराएको १६ दिनपछी मृत अवस्थामा फेला परेकी हुन ।
हराएकी विकको लाख सोमवार वडा नं. ७ कै सिर्जना सामुदायिक वनको जंगलमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए । सुस्त मनिस्थीतिकी विक गत बैशाख २९ गतेदेखि हराएकी थिइन ।
मृत अवस्थामा भेटाएको लाल घरपरिवारको जिल्ला लगाईदिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।