Home / Feature Breaking news / नारायणपुरमा सरकारी अस्पतालकालागी मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नारायणपुरमा सरकारी अस्पतालकालागी मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नाराणयपुर, १८ पुस
नारायणपुरमा नगरस्तरिय अस्पतालकाे माग गर्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेललाई शुक्रवार ज्ञापनपत्र बुझाईएकाे छ । नारायणपुर उद्याेग वाणिज्य संघ नारायणपुरले केही दिन पहिले नगरस्तरिय सरकारी अस्पतालकालागी आयाेजना गरेकाे बृृृृहत भेलाबाट गठन भएकाे समितिले मुख्यमन्त्रीलाई शक्रवार ज्ञापनपत्र बुझाएकाे हाे ।

समितिका संयाेजक एवं घाेराही उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर केसीकाे नेतृत्वमा रहेकाे टाेलीमा १० का अध्यक्ष चित्रबहादुर डाँगी, ८ का अध्यक्ष चन्द्रप्रसाद चाैधरी, ९ का अध्यक्ष मानबहादुर बस्नेत, १३ का अध्यक्ष राजेन्द्र बुढा , नारायणपुर उद्याेग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल, गंगामणि डाँगी र जानका केसी लगायतकाे उपस्थिती रहेकाे थियाे ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाेख्रेलले नारायणपुर क्षेत्रमा नगरस्तरिय सरकारी अस्पताल निर्माणकालागी प्रदेश सरकारले ध्यान दिने आश्वासन दिनुभयाे ।

विशषज्ञ डाक्टर सहितकाे सरल, सहज र गुणस्तरिय स्वास्थ्य सेवाकालागी नारायणपुर क्षेत्रमा नगरस्तरिय सरकारी अस्पतालकाे माग गरिएकाे नारायणपुर उद्याेग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयाे ।
समितिले घाेराही उपमहानगरपालिकाका प्रमुख जरूलाल चाैधरीलाई पनि ज्ञापनपत्र बुझाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*