Home / Feature Breaking news / नेपाली जनता निराश हुनुपर्ने अवस्था छैनः मुख्यमन्त्री पोख्रेल

नेपाली जनता निराश हुनुपर्ने अवस्था छैनः मुख्यमन्त्री पोख्रेल

दाङ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देश आर्थिक रुपमा समृद्धितर्फ अघि बढि रहेकाले नेपाली जनता निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन । दाङको घोराहीबाट प्रकाशित हुने गणतन्त्र दैनिकको १३ औँ बार्षिक उत्सवलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले देश आर्थिक रुपमा समृद्धिको बाटोमा अघि बढेको बताएका हुन ।

देश आर्थिक समृद्धिको बाटोमा अघि बढेपनि देशमा अस्थीरता सिर्जना भएको हेर्न चाहने तत्वले विकास र समृद्धिका कुरा भन्दा पनि अस्थीरताका कुुरा गरेर जनतामा भ्रमको सिर्जना गरिरहेको बताएका थिए । मुख्यमन्त्री पोख्रेलले अहिलेको अवस्थामा सञ्चार माध्यमहरुले जनतालाई निराश बनाउने भन्दा विकास र समृद्धिका एजेण्डालाई प्राथमिकता दिएर उत्साह थप्नुपर्ने बताएका हुन ।

गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक सविन प्रियासन र सुशीला शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा रोजी बहिनी सिर्जनशील सस्था काठमाण्डौँका संरक्षण माधव भण्डारीलायतले गणतन्त्र दैनिकलाई १२ बर्ष पुरा गरि १३ औँ बर्षमा प्रवेश गरेकोमा सफलताको सुभकामना व्यक्त गरेका थिए ।

गणतन्त्र दैनिकले १३ औँ बार्षिक उत्सवका अवसरमा पत्रिका प्रकाशनसँगै गणतन्त्र सस्थागत, जिल्लाको पर्यटन, शिक्षा, उद्योग व्यवसायलगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मानित गरेको थियो । त्यस्तै कार्यक्रमको सहजीकरण पत्रिकाका कार्यकारी सम्पादक नविन अभिलाषीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*