Home / Feature Breaking news / मावि नारायणपुर व्यवस्थापन समितिकाे अध्यक्षमा दिपक पाण्डे

मावि नारायणपुर व्यवस्थापन समितिकाे अध्यक्षमा दिपक पाण्डे

नारायणपुर, १८ पुस
श्री सिद्ध रत्न नाथ मावि नारायणपुरकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा दिपक पाण्डे चयन हुनुभएकाे छ ।

विद्यालय व्यवस्थापन समितिले पाण्डेलाई सदस्यमा मनाेनित गरेर अध्यक्ष चयन गरेकाे हाे ।
पुस ८ गते भएकाे विद्यालय व्यवस्थापन समितिकाे सदस्यकालागी निर्वाचन भएकाे थियाे ।

जसबाट कान्तप्रसाद चाैधरी, रामनारायण चाैधरी, विनिता गुरूङ थापा क्षेत्री र रमा डाँगी विजयी हुनुभएकाे थियाे । मनाेनीत सदस्यहरू र पदेन सदस्यहरूले थप दुई जना सदस्य मनाेनीत गर्ने प्रावधान अनुसार दिपक पाण्डे र तीला चाैधरीलाई मनाेनित गरेकाे हाे ।

सदस्यहरूमध्यबाट अध्यक्ष मनाेनित गर्ने प्रावधान अनुसार दिपक पाण्डेलाई अध्यक्षमा मनाेनित गरिएकाे विद्यालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*