Home / Feature Breaking news / काेराेेना संक्रमीतकाे संख्या २ हजार नाघ्यो

काेराेेना संक्रमीतकाे संख्या २ हजार नाघ्यो

काठमाडौं, २० जेठ

नेपालमा मंगलबार थप २८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या दुई हजार नाघेको छ ।

मंगलबार २८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १० र धरानमा भएको परीक्षणमा एकजनाको पोजेटिभ देखिएको छ ।

यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा २० जना, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ देखिएको छ । दैलेखमा ३७ जनाको पोजेटिभ आएको छ । यस्तै हेटौंडामा एकजना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अस्पतालमा १८ जनाको पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणमा टेकुमा ११८ जनाको पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।

आजसम्म पीसीआर विधिबाट ७५ अजार ३ सय ४३ र आरडीटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो चौबीस घण्टामा पीसीआर विधिबाट ३४ सय ४० र आरडीटी विधिबाट २५ सय ८८ वटा परीक्षण भएको छ ।

प्रदेश १ मा १२ हजार ४५१, प्रदेश २ मा ७ हजार ५, वागमती प्रदेशमा २५ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ९ हजार ६१ वटा आरडीटी परीक्षण भएको छ । यस्तै प्रदेश ५ मा २५ हजार ४ सय ९४, कर्णाली प्रदेशमा १४ हजार ५३ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ५ सय ४५ जनाको आरडीटी परीक्षण गरिएको उनले बताए ।

यस्तै अहिले देशका विभिन्न क्वारेन्टाइनमा १ लाख ४५ हजार ३ सय ७५ जना छन् । जसमा प्रदेश १ मा ३ हजार ६ सय ३५, प्रदेश २ मा २२ हजार ५ सय ३६, वागमती प्रदेशमा ३ हजार ८ र गण्डकी प्रदेशमा ४३ सय १५ जना छन् । यस्तै प्रदेश ५ मा ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६ ४ सय हजार ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा छन् । उनीहरूमध्ये धेरैजसो भारतबाट आएका नागरिक छन् ।

प्रदेश १ मा १२०, प्रदेश २ मा ७११, वागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश ५ मा ६२२, कर्णाली प्रदेशमा २५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी १८ सय २५ संक्रमित आइसोलेसनमा उपचाररत छन् ।अहिलेसम्म २६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*