Home / Feature Breaking news / घोराहीमा मापदण्ड मिचेर बनाइएका घरमा उपमहानगरपालिकाको डोजर

घोराहीमा मापदण्ड मिचेर बनाइएका घरमा उपमहानगरपालिकाको डोजर

घोराही, १२ कार्तिक । घोराही उपमहानगरपालिकाले मापदण्ड मिचेर बनाएका घरहरुमा डोजर लगाएको छ । उपमहानगरपालिकाले घर बनाउदा नगरवासीलाई मापदण्ड अपनाउन आग्रह गरेको छ । कुनै पनि भौतिक संरचनाहरु बनाउन नियमहरु पालना गर्नुपर्ने भन्दै उपमहानगरले मापदण्ड मिचेर बनाउने कुनै पनि संरचना भत्काउन चेतावनी दिएको हो ।

उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवन निर्माण आचारसंहिता अनुसार भवन बनाउन र उपमहानरको अनिबार्य अनुमति लिएर मात्रै काम थाल्न नगरबासीलाई आग्रह गर्नुभएको छ । यसैक्रममा उपमहानगरले घोराहीको शहिद गेटमा निर्माणाधीन एक भवनको दुई वटा पिलर भत्काएको छ । सडकदेखी ६ मिटर दुरी छोडेर भवन बनाउनु पर्ने नियम भएपनि त्यसो नगरको पाईएपछि भत्काउनु परेको उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठले जानकारी दिनुभयो ।

नरेश बिकले बनाउदै गरेको उक्त भबन मापदण्ड अनुसार नभएको र गएको साउन १५ गते तत्काल काम रोकेर प्रकृया पु¥याउन उपमहानगरले पत्र काटे पनि अटेर गरेर निर्माण थालेपछि भत्काएको इन्जिनियर श्रेष्ठको भनाई छ ।

साथै उपमहानगरले जनप्रतिनिधीहरु आएपछि मापदण्डलाई मिचेर बनाएर सबै संरचनाहरु भत्काउने चेतावनी दिएको छ । कानुनको उलङघन गरेर काम गर्ने कसैलाई अधिकार नभएको भन्दै मापदण्ड बिपरित बनाईएको संरचनाहरु भत्काउने बताएको हो । मुख्य सडकमा सडकको बिच देखी २१ मिटर र किनार देखी ६ मिटर छोडेर मात्रै संरचना बनाउन पाईने नियम रहेको छ । नगर प्रमुख चौधरीले मापदण्ड बिपरित नियम मिचेर बनाईएका त्यस्ता संरचनाहरु सूचि तयार पार्न समेत पूर्बाधार महाशाखालाई निर्देशन दिईसकेको जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*