Home / Feature Breaking news / ८१ बर्षिय वृद्ध भन्छन्–‘लोकतन्त्र बचाउन काग्रेसले जित्नैपर्छ’

८१ बर्षिय वृद्ध भन्छन्–‘लोकतन्त्र बचाउन काग्रेसले जित्नैपर्छ’

घोराही, ८ मंसिर

घोराही उपमहानगरपालिका–१४ निवासी मनोज बस्नेलाई अहिले देशको चिन्ता छ । राणा शासन, माओवादी शसस्त्र युद्धलगायतका विभिन्न कालखण्डवाट बचेको देश पुन कम्युनिष्टहरुको हातमा फस्ने होकी भन्ने उनलाई चिन्ता छ ।

दाङ क्षेत्र नं. २ को घरदैलोका क्रममा प्रतिनिधिसभाका नेपाली काग्रेस तर्फबाट उम्मेद्वार राजु खनाल र क्षेत्र नं. २ (१)का प्रदेश उम्मेदवार कमलकिशोर घिमिरेलाई आशिर्वाद दिर्दै भनुभयो ‘देशलाई कम्युनिष्टहरुको हातबाट बचाउन तपाईहरुले जित्नुपर्छ, कांग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो भयो भनेमात्र हामी जनताले अधिकार पाउछाँै ।’

विभिन्न दुर्घटनावाट बचेको देश कम्युनिष्टहरुको कारण पुनः अशान्तिमा फस्ने चिन्ता ८१ बर्षिय बस्नेतलाई छ । उनले विभिन्न कालखण्डमा देशलाई अफ्ठेरो परेको बेलामा त्यो जोखीमबाट बचाउनकालागि महत्वपूर्ण भूमीका खेलेको भन्दै देश बचाउनकालागि कांग्रेसले जित्न आवश्यक भएको बताउनुभयो ।

‘कम्युनिष्टहरुले हामीले जित्यौ भने देश विकास हुन्छ भन्ने जनताहरुलाई भ्रम सृजना गराउदै हिडेका छन्’, बस्नेतले भने–‘ हामीले कसरी पत्याउने । हिजो मान्छे मार्ने नि तिनै हुन। हामीले जित्यौ भने वृद्धवत्ता घरमा आउछ भन्ने नि तिनै हुन । खै तँ घरमा आउछ भनेको वृद्धवत्ता बैंक ल्याउन जानुपर्ने भएको छ । दिनभर लाईन लाग्नुपर्छ अस्तीनको चुनावमा पनि वृद्धभत्ता बढाउछौ भने बढाएनन् ।’

देशको विकास र समृद्धि गर्ने पार्टी काग्रेसले मात्र गर्न सक्ने उनको विश्वास छ । बस्नेत भन्छन ,‘हामीले कसरी पत्याउने महराले दाङबाट जिते दाङको विकास हुन्छ भनेर ? के २०६४ सालको निर्वाचनमा महराले दाङवाट चुनाव जितेका थिएनन र ?’ त्यस्तैले पनि उनलाई विश्वास छैन दाङको विकास र समृद्धि गर्न सक्ने पार्टी भनेकै काग्रेस नै हो ।

त्यस्तै बिचार छ घोराही– १४ कै बुद्धिराम पुनको पनि । देशमा विकास र शान्ति स्थापना गर्न नेपाली काग्रेसले जित्नुपर्ने उनी बताउछन् । ‘देशको विकास र सवै पार्टीलाई मिलाउन सक्ने पार्टी भनेकै काग्रेस हो’,उम्मेदरवारहरुको घरदैलोका क्रममा घरमा पुगेका उम्मेदवारहरुलाई बिजयीको शुभकामना दिदै पुनले भने–‘कम्युनिष्टहरुले जिते भने देश पुन अशान्तिमा जाने खतरा छ, कांग्रेसहरुले चुनाब जितेर देशलाई बचाउनुपर्छ ।’

चुनावी घरदैलो सुरुवातका क्रममा ८८ वर्षीय ठाकुर आचार्यले आशिर्वाद दिदै निर्वाचनमा खनाल र घिमीरे सहित जिल्लाका सबै क्षेत्रमा कांग्रेसका उमेद्वार विजयी हुने बताए । उनले शान्ति र लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने भन्दै जितको शुभकामना दिएका थिए ।

मतदाताका कुरा सुन्दै प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले भने कम्युनिष्टहरुको अधिनायकवादबाट देशलाई बचाउनका लोकतन्त्रवादी एक हुनुपर्छ । ‘कम्युनिष्टहरु चुनाव जित्नकै लागि अहिले जनताहरुलाई भ्रमको सृजना गर्दै छन् ।’, उम्मेदवार खनालले भने ‘त्यसवाट जनताहरु सचेत भएर काग्रेसलाई चुनावमा मतदान गर्नुहोस र बिजयी बनाउनु होस् । तपाईहरुकालागि हामी छौ ।’

काग्रेसले मात्र देशमा शान्ति स्थापना गर्दै आर्थिक समृद्धिमा अघि बढाउन सक्ने खनालको भनाई थियो । ‘हामीले ०७० सालको चुनावमा संविधान ल्याउछौ भन्यौ ल्यायौ पनि, २०६४ सालमा संविधान दिन्छौ भनेर गएकाहरुले तपाईलाई के दिए’ खनालले भने ‘अब पालो शान्ति र विकासको हो । यो क्षेत्रलाई तपाईहरुको साथले समृद्ध बनाउन मेरो प्राथमीकता हुने छ ।’

त्यस्तै क्षेत्र नं. २ (१) प्रदेशसभाका उम्मेदवार कमलकिशोर खनालले जिल्लाको विकासको नेतृत्व काग्रेसले मात्र गर्न सक्ने बताए । कम्युनिष्ट पार्टीहरु जनतालाई विकासको आश्वासन दिने तर विकास नगर्ने पार्टीहरु भएकाले उनीहरुको भ्रममा नपर्न जनताहरुलाई आग्रह गरे ।

जिल्लामा सडक, शिक्षा, स्वास्थ्य,खानेपानीलगायतका विकासका पूर्वाधारहरु काग्रेसकै पहलमा भएको भन्दै उनले आगामी निर्वाचनमा आफुहरुले चुनाव जिते प्रादेशिक राजधानीसँगै जिल्लाको समृद्धिसगैँ जनताको आयस्तरवृद्धिका कार्यक्रमहरु ल्याउने बताएका थिए । शुक्रवार काग्रेसले घोराही उपमहानगरपालिका–१४का विभिन्न टोलहरुमा घरदैलो तथा कार्यकर्ता भेटघाटहरु गरेका थिए । यस क्षेत्रका उमेद्वारहरु राजु खनाल र कमलकिशोर घिमीरेले शुक्रवार घोराही उपमहानगरपालिका १८ का विभिन्न गाँउहरुमा घरदैलो गर्नुभएको छ ।

क्षेत्र नम्बर २ (२) का उमेद्वार भरतबहदादुर न्यौपानेले शुक्रवार आफ्नो क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्दै मत माग्नुभएको छ । न्यौपाने घोराही उपमहानगरपालिका ८ का विभिन्न स्थानमा पुगेर घरदैलो गर्दै मत माग्नुभएको छ । यस क्षेत्रको विकासकालागि कांग्रेस विजयी हुन आवश्यक भएको बताउनुभयो ।

उहाँले लामो समयदेखी सामाजिक कायममा आफूले काम गरेकाले पनि यस क्षेत्रको हरेक समस्या थाहा भएको भन्दै अब निर्णायक तहमा बसेर काम गर्ने मौका दिन अनुरोध गर्नुभयो ।

यस क्षेत्रका हरेक व्यक्तीहरुको समस्या आफूलाई जानकारी भएको भन्दै आगामी दिनमा पनि सँगसँगै दुखसुखमा साथ दिएर अगाडी बढ्ने बताउनुभयो । न्यौपानेलाई मतदाताहरुले विभिन्न स्थानमा टिका, मालाले भव्य स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*