Home / Feature Breaking news / बृद्ध दम्पतीलाई नयाँ घर हस्तान्तरण

बृद्ध दम्पतीलाई नयाँ घर हस्तान्तरण

दाङ,९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १२ सिस्नेरी निवासी वृद्ध दम्पती तीर्थराम महरा र रमाकुमारी महराका लागि नयाँ पक्की घर निर्माण गरिएको छ । जीर्ण छाप्रामा दिन काट्दै आएका ६० बर्षीय तीर्थराम र ५८ बर्षीय रमाकुमारीकालागि करिव साढे तीन लाखको लगानीमा सौचालयसहितको दुई कोठे पक्की नयाँ घर निर्माण गरिएको हो ।

उक्त पक्की घर सोमवार एक कार्यक्रमको आयोजना गरि वृद्ध दम्पतीलाई हस्तान्तरण गरिएको छ । ए–वान टेलिभिजनका प्रवन्धक अमृतमान वलीको अध्यक्ष तथा राष्ट्रियसभा सदस्य कोमल वलीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढा र नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सुदिप गौतमको बिशिष्ट आतिथ्यतामा घर वृद्ध दम्पतीलाई हस्तान्तरण गरिएको हो ।

ए–वान टेलिभिजनको पहलमा विभिन्न व्यक्तिहरुवाट संकलित रकमवाट दुई कोठे पक्की घर निर्माण गरिएको ए–वान टेलिभिजनको प्रवन्धक अमृतमान वलीले राप्ती सन्देश अनलाइनलाई जानकारी दिए । जीर्ण भवनमा कष्टकर दिन काट्दै गरेको स्टोरी युटुव च्यानलवाट प्रशारित भएपछि देश तथा विदेशमा बस्ने नेपालीहरुवाट संकलन भएको सौचालय सहितको दुई कोठे पक्की भवन निर्माण गरिएको वलीले जानकारी दिए ।

ghara

वृद्धवृद्धाको छोराछोरी नभएको र साँझ विहान दुई छाक खान लाउनलाई समेत समस्या थियो । त्यसकालागि बचत रकम वैंक खातामा जम्मा गरिदिने घर निर्माणमा समन्वय गरेका सञ्चारकर्मी तथा गीतकार लोकराज अधिकारीले बताए ।

अधिकारीका अनुसार घर निर्माणमा पाल्पा जिल्ला घर भई हाल रोजगारीको सिलसिलामा कतारमा रहेका इश्वर काफ्ले, अम्बिका खनाल, मुकेश रिजाल, कल्या नानु, अञ्जु विश्वकर्मा, सोहन विक, छविलाल मगरले नगद सहयोग गरेको अधिकारीले जानकारी दिए । त्यस्तै घर निर्माणका लागि दाङ देउखुरी इट्टा व्यवसायी समितिका अध्यक्ष रोम वलीले ३५ सय इट्टा र सत्य साई पोल एण्ड पाईप इण्ड्रष्टिका मेनेजर हेमन्तसागर केसीले १५ बोरा सिमेन्ट सहयोग गरेको अधिकारीले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*