Home / Feature Breaking news / भरूवा बन्दुक र पेस्ताेलसहित एक जना पक्राउ

भरूवा बन्दुक र पेस्ताेलसहित एक जना पक्राउ

दाङ, १० असार
दाङमा प्रहरीले हतियारसहित एक जनालाई पक्ताउ गरेकाे छ । घाेराही उपमहानगरपालिका वडा नम्बर १३ लापेका माछे नेपाली भनिने २६ बर्षका साजन नेपालीलाई हतियारसहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

मंगलवार राति करिब १० बजेकाे समयमा पुगेकाे प्रहरीले एक थान भरूवा बन्दुक, एक थान पेस्ताेल र भरूवा बन्दुकमा लाग्ने २१० वटा फलामकाे छर्रा सहित पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । घरमा लुकाई राखेकाे गाेप्य सुचनाकाे अाधारमा पुगेकाे प्रहरीले नेपालीलाई पक्राउ गरेकाे हाे ।
पक्राउ परेका नेपालीलाई मुलुकी संहिता २०७४ अनुसार मुद्दा दर्ता गरि थप अनुसन्धान सुरू गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*