Home / Feature Breaking news / २ हजार ३३८ जनाले जिते काेराेना

२ हजार ३३८ जनाले जिते काेराेना

दाङ, १० असार

आज ११४ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख‍्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या २ हजार ३३८ पुगेको छ । जसमा २ हजार १४१ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*