Home / Feature Breaking news / टिमुर पकेट क्षेत्रमा ‘टिमुर बर्ष’ कार्यक्रम सुरु

टिमुर पकेट क्षेत्रमा ‘टिमुर बर्ष’ कार्यक्रम सुरु

हेमराज शर्मा
दाङ, २० मंसिर

दाङको उत्तरतर्फका छरिएर रहेका बस्ति खाली हुन थालेको र स्थानीयलाई स्वरोजगार बनाई उनीहरुको आर्थिक बृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धकोकिला मालागेडी रोप्ने कार्यक्रम शुरु गरिएको छ ।

डिभिजन वन कार्यालयले चालु आर्थिक बर्षलाई “टिमुर बर्ष” शुरु गरेको छ । यो कार्यक्रम अन्र्तगत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामिण बस्तिमा एक लाख टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ ।

मसला बनाउन उपयोगी मानिने टिमुर बहुबर्षे जडिवुटी भएको र यसको बजार मूल्य महंगो भएका कारण स्थानीयलाई स्वरोजगार बनाउन टिमुर रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अघी बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
टिमुर रोप्ने कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुल्सीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरमा बिरुवा उत्पादन शुरु गरिएको छ । तीन वटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा उत्पादन समेत शुरु गरिएको छ ।

“दुवै बहुबर्ष, बहुउपयोगी जडिवुटी हुन”–डिभिजन वन कार्यालयका प्रमुख ज्ञवालीले भन्नुभयो–“केहि बर्षमै हामी दाङको उत्तरी भेगमा ५ लाख टिमुरका बिरुवा लगाउने गरी योजना बनाएका छौ ।”

बिस्तृत अध्ययनपछि टिमुर रोपन कार्यक्रम ल्याइएको डिभिजन वन कार्यालयले जनाएको छ । बिरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा समेत टिमुर लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो ।

उहाका अनुसार टिमुरका बिरुवा उत्पादन, ढुवानी र रोपनसम्म प्रतिवटा बिरुवाका लागि १८ रुपैया छुट्टाइएको छ । किसानले ठूलो मात्रामा उत्पादन गर्ने टिमुर र मालागेडीको बजार खोज्ने, उचित मूल्य कायम गर्ने र सहज तरीकाले निकासीका लागि समेत डिभिजन वन कार्यालयले सहजीकरण गर्ने गरी योजना बनाइएको कार्यालयले जनाएको छ ।

दाङको उत्तरी भेगमा पर्ने बंगलाचुली गाउँपालिका, घोराही र तुल्सीपुर उपमहानगरपालिकाका उत्तरी गाउँमा अहिले पनि किसानले आफ्नो र वनमा प्राकृतिक रुपमै टिमुर उत्पादन गर्दै समेत आइरहेका छन ।

माथिल्लो क्षेत्रलाई टिमुरको पकेट क्षेत्र बनाई दिर्घकालिन स्वरोजगारी उत्पादनका लागि काम थालिएको डिभिजन वन कार्यालयको भनाई छ ।
फोटो लगत्तै मेलमा आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*