Home / Feature Breaking news / ‘प्राज्ञिक क्षेत्रमा प्रहरी प्रवेश दुःखद’

‘प्राज्ञिक क्षेत्रमा प्रहरी प्रवेश दुःखद’

दाङ,३० साउन । प्रजातन्त्रवादी प्राध्यापक संघले महेन्द्र बहुमुखी क्याम्पस क्षेत्रभित्रमा हतियारसहित प्रहरी प्रवेश गर्नु दुखद भएको बताएको छ ।

गत फागुन १० गते त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ इकाइ समिति एवं विधार्थी संघ संगठनको रोवहरमा क्याम्पस प्रमुख र आंसिक प्राध्यापक विचमा भएको सहमति लागु गराउन दवाव स्वरुप गत साउन ११ गतेदेखि आन्दोलनरत आंसिक प्राध्यापकहरुको आन्दोलनलाई दवाउन क्याम्पस क्षेत्रमा हतियारसहित प्रहरी प्रवेश गराउनु दुखद घट्ना भएको बताएको हो ।

प्रजातन्त्रवादी प्राध्यापक संघका महेन्द्र बहुमुखी क्याम्पस इकाइ अध्यक्ष सुधीर पोख्रेलले शुक्रवार क्याम्पस प्रमुख दिवाकर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनरत पक्षसंग छलफल गर्ने, आन्दोलनरत प्राध्यापकका मागहरु पुरागर्ने र गराउन पहल गर्नुको सट्टा आन्दोलन दवाउने उद्देश्यले आधुनिक हातहतियारसहित प्रहरी गाडीसहित क्याम्पस परिसरभित्र प्रवेश गराउनु क्याम्पस प्रसाशनको आफ्नो अक्षमता ढाकछोप गर्ने प्रयास गरेको बताएका छन् ।

bigypati

‘क्याम्पस हाताभित्र हतियारसहित प्रहरी प्रवेश गराउनु एउटा गंम्भिर र अक्षम्य कार्य ठहर गरी हाम्रो संगठनले त्यसको विरोध जनाएको हो । हाम्रो संगठनका प्रतिनिधिसंगको छलफलमा क्याम्पस प्रमुखले वक्तव्यमार्फत उक्त घटनाको भ्रत्सना गर्ने मौखिक सहमति गरेकोमा सहमति अनुसार वक्तव्य नआउनुले हामी थप गम्भीर भएका छौ’–पोख्रेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ–‘ईतिहासमा नभएको गंम्भिर घटना हुँदासमेत क्याम्पसको तर्फवाट विरोधमा वक्तव्य नआउनुले, क्याम्पस हातामा हतियारसहित प्रहरी प्रवेश गर्ने कार्य क्याम्पस प्रशासनको मिलोमतोमा भएको हो भन्ने कुरालाई थप वल पुग्ने देखिन्छ ।’

संघले एक पटक घरभित्रको समस्या घरभित्रै मिलाउने क्षमता प्रस्तुत गर्न र सहमति अनुसार प्रहरी प्रवेशको घटनाको विरोध गर्दै तत्काल वक्तव्य जारी गर्न क्याम्पस प्रसाशनलाई आग्रह समेत गरेको छ । सहमति भए अनुसार वक्तव्य नआए थप दवावका कार्यक्रम तय गर्ने प्रजातन्त्रवादी प्राध्यापक संघले जनाएको छ ।

आंसिक प्राध्यापक संघहरुले साउनको २५ गते क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने क्रममा क्याम्पसका केही सामग्री लागजनी समेत गरेका थिए । २५ गते आगजनी भएपछि संघको केन्द्रीय कार्यक्रम अन्तर्गत साउन २६ गते लेखा तथा प्रशासन फाटमा तालाबन्दी गर्ने क्रममा महेन्द्र बहुमुखी क्याम्पसभित्र हतियारसहित प्रहरी प्रवेश गरेको थियो । प्रहरीले आंसिक प्राध्यापक संघले लगाएको ताला समेत फोडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*