Home / Feature Breaking news / राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा बसन्त परियार

राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा बसन्त परियार

घोराही १५ फागुन । राष्ट्रिय दलित पत्रकार संघ दाङको अध्यक्षमा बसन्त परियार चयन भएका छन् । संघको शनिवार घोराहीमा भएको तेश्रो अधिवेशनले परियारको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा गिरिराज नेपाली, उपाध्यक्षमा प्रिया स्मृती गजमेर, सचिबमा अर्जुन परियार, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली, सहसचिवमा देबका परियार चयन भएका छन ।

त्यस्तै सदस्यमा तेजबहादुर परियार, हेमराज नेपाली, अस्मिता परियार, डोमा सुनार, मदन बिक, सुहाना सुनार, सुष्मा नेपाली, प्रकाश परियार, कृष्ण बहादुर बिक, तारा विश्वकर्मा, हिमाल बिश्वकर्मालगायतका रहेका छन ।

कार्यक्रममा राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देबराज विश्वकर्माले दलितहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याउन शिक्षाको आवश्यकता भएको बताएका थिए । उनले शिक्षालाई पहिलो प्राथमिकता दिए मात्र समग्र दलित समुदायको उत्थान र विकास हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले सभ्य समाज निर्माणमा दलित पत्रकारहरुको महत्वपुणर् भूमिका हुने बताए । समानता र सम्मानका बिषयमा दलित पत्रकारले निरन्तर कलम चलाउनुपर्ने बताएका हुन ।

यसका साथै सुकुम्वासी भुमिहिन तथा दलित भुमिहिनहरुको लागि राज्यले लागू गरेको लालपुर्जा बितरण कार्यक्रम दलित बस्तिमा प्रभावकारी लागू भएको अवस्थाका बिषयमा स्थानीय पालिका सङ्ग जानकारी लिन समेत सरोकारवालालाई आग्रह गरे ।

राष्ट्रिय दलित पत्रकार संघ दाङका उपाध्यक्ष लक्ष्मण विश्वकर्माको अध्यक्षता तथा राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देबराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । संघका सदस्य वसन्त परियारको स्वागत मन्तव्यवाट सुरु भचएको कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गरेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चार गृहमा आवद्ध दाङका चार जना पत्रकारहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जनक नेपाली, वसन्त परियार, प्रिया स्मृती गजमेर र तेज बहादुर परियारलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । त्यस्तै दलित आन्दोलनमा अग्रणी भुमिका खेलेको भन्दै दलित समुदायका नेता जोगेन्द्र विश्वकर्मा, मान बहादुर विश्वकर्मा, झुपलाल नेपाली,राजु परियारलाई पनि सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*