Home / Feature Breaking news / जिससको बैठक : ‘विकासको काम समयै गर’

जिससको बैठक : ‘विकासको काम समयै गर’

दाङ, २५ कार्तिक । जिल्ला समन्वय समिति दाङले जिल्लाको विकास निर्माणको कामलाई प्रभावकारी बनाउन पालिकाहरुलाई आग्रह गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिनलाग्दा समेत विकास निर्माणको काम सुस्त भएको भन्दै समन्वय समितिको बैठकले विकास निर्माणको कामलाई थप प्रभावकारी बनाउन र समयमा सम्पन्न गर्न पालिकालाई आग्रह गर्ने निर्णय गरेको हो । ‘ उपभोक्ताबाट योजना सम्झौतादेखि विकासका अन्य काम अघि बढन नसकेको गुनासो आएको छ’ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने ‘ त्यो भएर सवैपालिकालाई नदीजन्य पदाथको व्यवस्थापन र सम्पुर्ण विकास निर्माणको काम यर्थाश्रिघ तथा समयैमा सम्पन्न गर्न ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’ जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् ।

पालिकाहरुमा चालु आव२०७६÷०७७ मा सम्पन्न गरिने योजना सम्झौताको काम समेत अझै प्रभावकारी रुपमा अघि बढन सकेका छैन । स्थानीयतहले समयमा बजेट ल्याएपनि योजना सम्झौता तथा विकास निर्माणको काम भने सूस्त नै छ । बैठकले जिल्ला समन्वय समितिको अुनगमन तथा मुल्याकन कार्यविधि, दाङ विकास सल्लाहकार परिषद व्यवस्थापन कार्यविधि २०७६ र समन्वय समितिको मौज्जाद कोषमा सञ्चालन निर्देशिका अनुसार बगलाचुली गाउँपालिकाले पठाएका योजना स्वीकृत गर्ने निर्णय गरेको छ ।

समन्वय समितिको मौज्जाद कोषमा रहेको रकम दशैवटैपालिकालाई बाँडफाँड गरिएको थियो । प्रत्येक पालिकालाई ३ करोड रुपैयाँका दरले ३० करोड रुपैयाँ बाडँफाड यस अघि नै गरेको जिल्ला समन्वय अधिकारी काशीराम गैरेले बताए । बंगलाचुली गाउँपालिकाले सो रकमबाट प्रशासकिय भवन, वडा न ५, ६, ७ र ८ को वडा कार्यालय भवन निर्माण र वडा न २ को आधारभूत विद्यालय मर्पेशको भवन निर्माण तथा भौतिक पुर्वाधारको योजना पठाएको थियो । निर्देशिका अुनसार समन्वय समितिको ६० प्रतिशत र पालिकाले ४० प्रतिशत रकम रहने छ । त्यसैगरेर बैठकले आव ०७५÷०७६ को वार्षिक समीक्षामा प्रथम , दोस्रो र तेस्रो हुने पालिका, कार्यालय र गैरसकारी संस्थालाई विशेष समारो आयोजनाविच सम्मान गरिने भएको छ । वार्षिक समीक्षा असोज ८ र ९ गते भएको थियो ।

समीक्षामा १० वटै पालिका, संघीय र प्रदेशका कार्यालय र गैरसरकारी संस्थाले आफनो प्रगतिविरण प्रस्तुत गरेका थिए । ति प्रगतिविवरणलाई विशेष सुचक निर्धारण गरेर विज्ञ समुहले मुंल्याकन गरेको थियो । बैठक समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*