Home / समाचार / घाेराही १६ मा नेकपाबाट बागी उमेद्वारीकाे तयारी

घाेराही १६ मा नेकपाबाट बागी उमेद्वारीकाे तयारी

घाेराही, २५ कार्तिक

मंसीर १४ गते हुने उपनिर्वाचनमा घाेराही उपमहानगरपालिका वडा नम्बर १६ काे अध्यक्षकालागी नेकपाबाट बागी उमेद्वारी हाल्ने तयारी भएकाे छ ।

साेमवार नेकपाले वडा अध्यक्षकालागी सुरेश केसीलाई उमेद्वार बनाउने निर्णय भएपछि अध्यक्षकाे टिकटकालागी अाकांक्षी लालमति बुढाकाे पक्षले बागी हाल्ने घाेषणा गरेकाे हाे ।

पार्टिकाे निर्णयप्रति असहमति जनाउदै विज्ञप्ती निकालेर निर्णय नसच्याएमा बागी हाल्ने बताईएकाे छ ।

“घाेराही १६ मा रिक्त रहेकाे अध्यक्ष पदकाे लागि उम्मेदवारहरुकाे नाम चयन गर्दा वडा कमिटीको कार्यकर्ताहरुकाे बहुमत सङ्ख्या झन्डै दुई तिहाइ कार्यकर्ताकाे अभिमत स्वर्गीय लक्षिन प्रसाद बुढाकाे धर्म पत्नी लालमति बुढालाई भएता पनि पार्टी कार्यकर्ताकाे विपक्षमा जिल्ला कमिटी दाङले निर्णय गरेकाले यस निर्णयका विरुद्धमा तत्काल पार्टी कमिटीले नसच्याए वडा तहका सम्पूर्ण कार्यकर्ताहरुकाे निर्णय अनुसार बागी उम्मेदवारी दिने निर्णय गरियाे ।” विज्ञप्तीमा भनिएकाे छ ।

नेकपाभित्र घाेराही १६ काे अध्यक्षका लागि उमेद्वार विवाद भएपछि लामाे समयदेखी निर्णय हुन सकेकाे थिएन ।
घाेराही १६ काे वडा अध्यक्षकालागी कार्तिक २७ गते वुधवार मनाेनयनकाे दर्ता हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*