Home / Feature Breaking news / काग्रेसका उमेद्वार जिताउन तरूण दल फिल्डमा

काग्रेसका उमेद्वार जिताउन तरूण दल फिल्डमा

घाेराही, २६ कार्तिक
मंसीर १४ गते हुने उपनिर्वाचनमा घाेराही उपमहानगरपालिका १६ काे अध्यक्षमा नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनकालागी तरूण दलले युवा परिचालन समिति गठन गरेकाे छ ।

तरूण दल दाङकाे युवा परिचालन समितिकाे अायाेजनामा भएकाे सर्रामा मंगलवार भएकाे भेलाले युवा परिचालन समिति गठन गरेकाे हाे ।

भेलाले तरूण दल घाेराही १६ का कार्यवाहक अध्यक्ष रमेश जिसीकाे संयाेजकत्वमा १ सय ५५ सदस्यीय युवा परिचालन समिति गठन गरिएकाे छ ।

तरूण दल दाङका जिल्ला सदस्य एवं युवा परिचालन समितिका संयाेजक टीका थापाकाे अध्यक्षता एवं नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गाैतमकाे प्रमुख अातिथ्यमा भएकाे भेलामा बाेल्ने नेताहरूले सबै अा-अाफ्ना क्षेत्रबाट नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनकालागी निर्देशन दिएका थिए ।

कार्यक्रममा बाेल्दै अध्यक्ष पदका उमेद्वार ताराबहादुर डिसी लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रमकाे सहजिकरण तरूण दल दाङ साविक क्षेत्र नम्बर २ का अध्यक्ष नारायण जिएमले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*