Home / समाचार / बुबाको सम्झनामा वृद्धवृद्धाहरुलाई कपडा सहयोग

बुबाको सम्झनामा वृद्धवृद्धाहरुलाई कपडा सहयोग

दाङ,२५ साउन । घोराही उपमहानगरपालिका–१४ निवासी स्वर्गीय गणेशप्रसाद रोकाको सम्झनामा घर परिवारले वृद्धआश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरुलाई सहयोग गरेको छ ।

रोका परिवारले सोमवार घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थीत ज्येष्ठ नागरिक सरोकार केन्द्रद्धारा सञ्चालित वृद्धआश्रममा बसोवास गर्ने १६ जना वृद्धवृद्धासहित आश्रमका तीन जना कर्मचारी र एक जना पुजारीलाई लगाउने कपडासहित आश्रमका लागि आवश्यक तरकारी सहयोग गरेको हो ।

आश्रमको समन्वयमा वृद्धआश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरु, कर्मचारी र पुजारीका लागि आवश्यक टि–सर्ट, हाप पाइन्ट, साडी, बुलाउज, चप्पलसति ओढ्नका लागि आवश्यक एक–एक वटा कम्बल सहयोग गरेको छोरा कैलाश रोकाले जानकारी दिएका छन् । उनका अनुसार रोका परिवारले ५५ हजार बराबरको कपडासहित आश्रमका लागि आवश्यक तरकारी, वृद्धवृद्धाहरुका लागि पौष्टिक आहारका रुपमा हरलिक्सलगायतका सामग्री सहयोग गरेको हो ।

उक्त सामग्री स्वर्गीय रोकाका साइली श्रीमती कमला रोका, कान्छी श्रीमती पुष्पा रोका, छोरा कैलाश रोका, बहिनी गीता रोका र भाई ओमप्रकाश रोकाले संयुक्त रुपमा ज्येष्ठ नागरिक सरोकार केन्द सञ्चालक समितिका अध्यक्ष भुपाल गिरीलाई हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा स्वर्गीय बुबा गणेशप्रसाद रोकाले समाजमा पु¥याएको योगदानका बारेमा छोरा कैलाश रोकाले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका सदस्य कुलबहादुर घर्तीले गरेका थिए । स्वर्गीय रोकाको ८७ बर्षको उमेरमा साउनको ३ गते मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*