Home / Feature Breaking news / घोराही–१७ मा अनलाईनमार्फत घटना दर्ता सुरु

घोराही–१७ मा अनलाईनमार्फत घटना दर्ता सुरु

घोराही, २१ जेठ । घोराही उपमहानगरपालिकाले प्रविधीको प्रयोगबाट सेवा प्रबाहलाई सुरक्षित र भरपर्दो पार्दै लगेको छ । वडा नम्बर १९ बाहेकका अन्य वडाहरुबाट राजस्व संकलन थालेको उपमहानगरले वडाहरुबाटै व्यक्तिगत घटना दर्तालाई पनि अबलम्बन गरेको छ ।

यसैक्रममा वडा नम्बर १७ ले आज देखी व्यक्तिगत घटना दर्तालाई कम्प्युटर अनलाईन प्रणालीबाट सेवा प्रबाह र सुरक्षित गर्न थालेको छ । वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले चौघेराका प्रेम रानाको मृत्यु दर्ता प्रमाणपत्र उहाँका वुवा मुगबहादुर रानालाई प्रदान गरेर सेवा सुरुवात गर्नुभएको हो ।

प्रेम रानाको २०७५ साल फागुन १७ गते हृदयघातका कारण निधन भएको थियो । वडा कार्यालयले अब जन्मदर्ता, बिबाह दर्ता, बसाईसराई दर्ता र मृत्युदर्तालाई कम्प्युटर प्रणाली मार्फत अनलाईनमा दर्ता गर्ने भएको छ ।

उक्त विधी मार्फत दर्ता भएको व्यक्तिगत घटनाहरु सिधै केन्द्रिय पञ्जिकरण बिभागमा दर्ता हुने र जुनकुनै स्थानबाट हेर्न सकिने भएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले उपमहानगरपालिका समय अनुसार कामलाई प्रविधी सँग जोडेर अघि बढिरहेको जानकारी दिनुभयो ।

काम भरपर्दो, छिटो छरितो र दिगो बनाउनका लागि प्रविधीलाई सेवा प्रबाह सँग जोडिएको प्रमुख चौधरीको भनाई छ । कार्यक्रमको सहजिकरण वडा सचिब तेजकुमार शर्माले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*