Home / समाचार / अल्फाका विद्यार्थीको नगर प्रहरी निरीक्षण

अल्फाका विद्यार्थीको नगर प्रहरी निरीक्षण

दाङ, २२ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको अल्फा इङ्लिस बोर्डिङ स्कुल घोराही दाङका विद्यार्थीले नगर प्रहरी कार्यालय निरीक्षण गरेका छन् । प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नगर प्रहरी कार्यालयको वस्तुस्थिति तथा गैर कानुनी गतिविधिमा संलग्नहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

नगर प्रहरी कार्यालय घोराही दाङका प्रमुख शशीधर शर्माले विद्यार्थीलाई निरीक्षण गराउनुका साथै त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । साथै शर्माले मानिस कसरी अपराधिक तथा गैरकानुनी कार्यमा फस्दछ, अनैतिक गतिविधिमा संलग्न हुन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।

अपराधिक क्रियाकलापबाट बच्न तथा अपराध तथा गैरकानुनी घटनाको जानकारी प्रहरीलाई गराई असल नागरिकको दायित्व बहन गर्नुपर्नेमा विद्यार्थीलाई प्रशिक्षण समेत दिएका थिए । लागुऔषधले पुर्याउने हानी तथा दुर्व्यसनीबाट बच्नका लागि समेत सचेत गराएका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल आदिम केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपाली, शिक्षक गुरूप्रसाद केसी र तिलकराम अधिकारीले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*