Home / Feature Breaking news / जुवाडेमाथी प्रहरीको निगरानीः २० जना जुवाडे पक्राउ

जुवाडेमाथी प्रहरीको निगरानीः २० जना जुवाडे पक्राउ

दाङ, १७ भदौ

दाङ प्रहरीले भदौ महिनामा मात्र २० जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले जुवाडेहरुमाथी विशेष निगरानी राख्न थालेपछि जुवाडेहरु धमाधम पक्राउ पर्न थालेका छन् । विशेष गरि घोराही क्षेत्रमा प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको छ ।

भदौ ४ गतेदेखी हालसम्म प्रहरीले ४ पटक २० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख ८७ हजार ८ सय ६७ रुपैया पनि बरामद गरेको छ ।

प्रहरीले शुक्रवार ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रवार बेलुकी घोराही उपमहानगरपालिका १३ डुम्मरगाँउबाट उनीहरुलाई पक्राउ गरेको हो ।

नगद ७९ हजार ४ सय ७० नगद सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही १३ का ४८ वर्षीय खिमराज गिरी, ४५ वर्षीय श्याम गिरी, २२ वर्षीय केवल गिरी, २९ वर्षीय धनसिंह घर्ति, ३५ वर्षीय दिपक गिरी र घोराही १२ का ३२ वर्षीय टोपेन्द्र खड्का रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुमाथी आवश्यक अनुसन्धान भईरहेको छ ।

यसअघि प्रहरीले भदौ १५ गते घोराही १५ भरतपुरबाट ३ जनालाई नगद ५ हजार ८ सय ९० रुपैया सहित पक्राउ गरेको थियो भने भदौ १० गते राति दाङ घोराही उप–महानगरपालिका वडा नं. १५ उत्साह टोलबाट ५ जनालाई नगद ४८ हजार ४ सय १५ सहित पक्राउ गरेको थियो ।

प्रहरीले भदौ ४ गते बेलुकी जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं १४ नयाँबसपार्कमा रहेको होटेल साईनो एण्ड रेष्टुरेन्टबाट नगद ५४ हजार ८५ रुपैया सहित ६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुमाथी जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*