Home / Feature Breaking news / अवैध सालको २७ थान चिरान काठ बरामद

अवैध सालको २७ थान चिरान काठ बरामद

दाङमा अवैध सालको चिरान काठ प्रहरीले बरामद गरेको छ । अन्दाजी साढे दुई बजेतिर घोराही उपमहानगरपालिका १० नारायणपुर स्थित दुर्गा केसीको घरमा अवैध साल जातको काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले सो काठ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालका अनुसार सालको चिरान काठ २७ थान ४५ क्यू फिट फेलापारी बरामद गरेको छ । साथै आवश्यक कानूनी कारवाहीको लागी डिभिजन वन कार्यालय घोराहीमा पठाईएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*