Home / Feature Breaking news / बंगलाचुलीमा गाउँपालिका सदस्य सहित ४१ जना माओवादी प्रवेश

बंगलाचुलीमा गाउँपालिका सदस्य सहित ४१ जना माओवादी प्रवेश

बंगलाचुली, २१ कार्तिक । बंगलाचुली गाउँपालिकामा एकै दिन ४१ जना एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

केही समय पहिले माओवादी र काङ्ग्रेसबाट आफ्नाे पार्टीमा प्रवेश गराइरहेकाे एमालेलाई पछिल्ला दिनहरूमा झट्का लाग्न थालेकाे छ । एमाले प्रवेश गरेकाहरू पुनः आफ्नै पार्टी फर्कन थालेका छन् । त्यसैगरी एमालेका पुराना नेता कार्यकर्ताहरू पनि पार्टी परित्याग गर्न थालेका छन् ।

आज मात्रै एमाले बंगलाचुली गाउँपालिका सदस्य भक्तबहादुर खत्री सहित ४१ जना माओवादी केन्द्र प्रवेश गरेका छन् ।

यसरी प्रवेश गर्नेहरू बंगलाचुली गाउँपालिका वडा नं ६ बाट भुपेन्द्रबहादुर खत्री, चिन्तबहादुर खत्री, नामदेव डाँगी, शिरबहादुर डाँगी, ताेयाराम डाँगी, वासुदेव ओली लगायत हुनुहुन्छ ।

त्यसैगरी वडा नं ३ का नमा नेपाली, धनी नेपाली, यज्ञबहादुर नेपाली, रूपलाल नेपाली, कुन्ती नेपाली, प्रेमबहादुर नेपाली, टीका नेपाली, भिमलाल नेपाली, लक्ष्मी घर्ती, बेली नेपाली, हरि परियार लगायतका हुनुहुन्छ ।

उहाँहरूलाई माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् दाङ प्रतिनिधि सभा क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा र माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य एवम् समानुपातिक उम्मेदवार नारायणी शर्माले अविर र माला लगाएर स्वागत गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*