Home / Feature Breaking news / रोशनी-शरद मृत्यु प्रकरण : प्रकाउ पारेका चार जना सार्वजनिक

रोशनी-शरद मृत्यु प्रकरण : प्रकाउ पारेका चार जना सार्वजनिक

तुलसीपुर,२० कार्तिक । रोशनी-शरद मृत्यु प्रकरणमा प्रकाउ पारेका चार जनालाई प्रहरीले सार्वजनिक छ । प्रहरीले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर
रोशनी महतरा र शरद आचार्यको मृत्यु प्रकरणमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।

लामो अनुसन्धानपछि प्रहरीले बँदेल मार्न थापिएको विद्युतीय धरापमा परी उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको दाङ जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीले जानकारी दिएका छन् ।

उनका अनुसार प्रकाउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ निवासी ३९ वर्षीय गणेश भनिने हरिसचन्द पौडेल, सोही ठाँउ निवासी ३८ वर्षीय नुमानन्द कार्की,सोही ठाँउ निवासी ३१ भिमबहादुर बुढा र २७ वर्षीय प्रकाश भन्ने अमरराज कार्की रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेको थियो। उनीहरू असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*