Home / समाचार / आमाको तिथिमा बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

आमाको तिथिमा बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

दाङ, ३० भदौ । पत्रकार दीपक जीएमले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । आमा विष्णदेवी घर्तिको तेस्रो पुण्यतिथीको अबसर पारेर घोराही उपमहानगरपालिका १४ बालमन्दिर प्राविमा अध्ययन गर्ने बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई खेलकुद सामग्रीहरु, तन्ना र फुलफूल सहयोग गर्नुभएको हो ।

विद्यालयमा ३६ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् । त्यसमध्य २४ जना आवासीय रुपमा अध्ययन गर्छन् भने बाँकी घरबाट आउने जाने गरेको विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले जानकारी दिनुभयो । पत्रकार जीएमले खेलकुद सामग्रीहरुमा दुई वटा फुटवल, एउटा क्यारम बोर्ड, २३ थान तन्ना र फलफूलहरु विद्यालयका प्रधानाध्यापक भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई खेल्नको लागि खेलकुदको सामग्रीहरुको अभाव रहेको थियो भने तन्नाको समस्या भएपछि आफुले सहयोग गरेको पत्रकार दिपक जिएमले बताउनुभयो । जन्मदिन लगाएत विभिन्न अवसरमा सो विद्यालयलाई सहयोग गर्दै आउनु भएका पत्रकार जीएमले बालबालिकाहरुको विकासमा टेवा पुगोस् भन्ने उदेश्यले सहयोग गरेको बताउनुभयो ।

प्रदेश स्तरकै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको अध्ययन गर्ने विद्यालय निर्माण हुन थालेको बालमन्दिर प्राविमा दाङ सहित छिमेकी जिल्लाहरुबाट समेत बालबालिकाहरु अध्ययन गर्न आउछन् । तर आवस्यक पुर्वाधार र स्रोत नभएका कारण बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि विशेष कक्षाहरु सञ्चालन गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक भण्डारीले बताउनुभयो । विद्यार्थीहरुको लागि सरकारले छात्रवृत्ती प्रदान गर्दै आएको छ । तर त्यसले अपुग भएको छ भने विद्यालयको आफ्नै स्रोत नहुँदा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि विशेष कक्षाहरु सञ्चालन गर्न समस्या भैरहेको थियो । यहि अबस्थामा सरकारले प्रदेश स्तरीय नमुना विद्यालय निर्माण गर्ने योजना सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*