Home / समाचार / स्वाभीमान र भ्यालीलाई फुटबल ट्रेनिङ सामग्री सहयोग

स्वाभीमान र भ्यालीलाई फुटबल ट्रेनिङ सामग्री सहयोग

घोराही, २९ भदौ । दाङका दुई युवाहरुले फुटबलका लागि दुई क्लबलाई जर्सी तथा ट्रेनिङ सामग्री सहयोग गरेका छन् । घोराही निबासी नरेन्द्र पुन र घोराहीमा ब्यबसायी गर्दै आउनुभएका ईश्वरी पौडेलले दुई क्लबलाई सहयोग गर्नुभएको हो ।

फुटबल संघका महासचिब समेत रहनुभएका नरेन्द्र पुनले गढवामा रहेको स्वाभीमान युबा क्लबलाई फुटबल तालिमका लागि सामग्री प्रदान गरिएको छ । दाङ जिल्ला फुटबल संघका महासचिब नरेन्द्र पुनले ट्रेनिङ सामग्री प्रदान गर्नुभएको हो ।

दुई समुहलाई फुटबलको तालिमका लागि आबश्यक पर्ने बिब्स, मार्कर, फुटबल, कोण प्रदान गरिएको हो । गढवा १ का वडाध्यक्ष बाबुराम अधिकारीको रोहबरमा सामग्री प्रदान गरिएको हो । स्थानीय तहमा फुटबल खेलाडी उत्पादनका लागि सामग्री प्रदान गरेको पुनले जानकारी दिनुभएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष अधिकारी, फुटबल संघका जिल्ला सदस्य बसन्त पुरी, दिपक पुनको सहभागीता रहेको थियो । सानो उमेरका खेलाडीलाई प्रोत्साहनका लागि सामग्री प्रदान गरिएको छ ।

vally

यसैबीच घोराहीमा रहेको सगरमाथा डेन्टल क्लिनिकले तुलसीपुरको एक क्लबलाई जर्सी प्रदान गरेको छ । तुलसीपुर १४ लुहाडबरा दुम्नामा रहेको भ्याली युथ क्लबलाई फुटबल खेल्नका जर्सी प्रदान गरिएको हो ।

फुटबल संघ दाङका महासचिब नरेन्द्र केसी, सदस्य दिपक पुन, डेन्टलका सञ्चालक ईश्वरी पौडेलले क्लबका अध्यक्ष रामचन्द्र गिरीलाई जर्सी हस्तान्तरण गर्नुभएको हो । एक टीमका लागि जर्सी उपलब्ध गराएको सञ्चालक पौडेलले जानकारी दिनुभएको छ ।

स्थानीय तहमा रहेका खेलाडीलाई प्रोत्साहन गर्नका लागि जर्सी सहयोग गरिएको पौडेलले जानकारी दिनुभएको छ । साथै आगामी दिनमा पनि सहयोग गरिने उहाँले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*