Home / खेलकुद / बक्सिङ सघको अध्यक्षमा पुनः थापा

बक्सिङ सघको अध्यक्षमा पुनः थापा

लक्ष्मण बस्नेत
दाङ,११ असोज । दाङ जिल्ला बक्सिङ संघको अध्यक्षमा राजु थापा चयन भएका छ्न् । जिल्ला बक्सिङको शनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः थापाको अध्यक्षतामा १५ सदस्यीय बक्सिङ संघको नयाँ कार्यसमिती सर्वसहमतिले चयन गरेको हो ।

जसको उपाध्यक्षमा चन्द्रज्योती थापा, विशाल जङ्ग शाह, एलिसा सेन्चुरी, सचिव हस्त जिएम, कोषाध्यक्ष दिपक केसी, सहसचिव यम कुमार स्वर्णकार (सफल) रहेका छन । त्यसैगरी संघको सदस्यहरूमा श्रीधर केसी, मदन ओली , रमा बिक, लक्ष्मण शर्मा, केशर खत्री,जानकी थापा, मान बहादुर राना, नारायण थापा चयन भएको संघका सचिव हस्त जिएमले जानकारी दिएका छन ।

त्यस्तै संघको वरिष्ठ सल्लाहकारमा जोग बहादुर राना, शम्भु बिक र सल्लाहकारमा रेवन्त राना,गगन राना, केशबप्रसाद श्रेष्ठ, जयबहादुर घर्ती र लक्ष्मण बस्नेत रहेका छन् ।

अधिवेशन संघका अध्यक्ष राजु थापाको अध्यक्षता तथा नेपाल बक्सिङ संघका केन्द्रिय उपाध्यक्ष संगम शाहको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ति सोमईको विशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी,शाह, बिशिस्ट अतिथी सोमई, दाङ जिल्ला तेक्वान्दो संघका सचिव राकेश परियार लगाएतका बधाई तथा शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन संघका सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*