Home / Feature Breaking news / दाङमा लिट्रेचर मिनी फेस्टिभल हुने

दाङमा लिट्रेचर मिनी फेस्टिभल हुने

दाङ,११ असोज । दाङमा एक दिने लिट्रेचर मिनि–फेस्टिभल–२०७६ हुने भएको छ ।

उदाहरण समूह, नेपालको आयोजनामा यहि असोज १८ गते फूलपातीको दिन दाङ लिट्रेचर मिनि–फेस्टिभल – २०७६ हुने समूहले बताएको छ । ५ वर्षदेखि दाङ सहित साविक राप्तीका विभिन्न जिल्लाहरुमा साहित्य, संगीत र कलाको क्षेत्रमा काम गर्दै आएको उदाहरण समूह, नेपालले दशैको अवसर पारेर लिट्रेचर मिनि–फेस्टिभल – २०७६ गर्न थालेको समूहका अभियान्ता नवीन अभिलाषीले जानकारी दिए ।

शनिबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर उदाहरण समूहले दाङ र काठमाण्डौको विचमा देखिएको दुरी र खाडललाई केन्द्रमा राखेर बहस, अन्तरक्रिया र साहित्यीक रचना बाचनका विभिन्न कार्यक्रमहरु हुने बताईएको छ ।

राप्तीको भूगोलबाट काठमाण्डौ र विभिन्न जिल्लामा बस्ने १५० बढि कवि, लेखक, पत्रकार, कलाकार, समालोचक, राजनीतिक ब्यक्तिहरु सहभागी हुने छन् । कार्यक्रम ३ सत्रमा सम्पन्न हुनेछ । डराईरहने दाङ, कराईरहने काठमाण्डौ,सुदुरका सञ्चारमा सिर्जना र गाउँ फर्किरहेका अक्षरहरु‘ शिर्षकका तीन सत्रमा आयोजना गरिने कार्यक्रममा दाङ सहित काठमाण्डौमा बसेर निरन्तर साहित्यको क्षेत्रमा काम गर्दै आएका ब्यक्तिहरु सहभागी हुने आयोजकले बताएको छ ।

डराईरहने दाङ, कराईरहने काठमाण्डौ नामक बहसमा पुर्वप्राज्ञ तथा बरिष्ठ समालोचक डा.अमर गिरी, कथाकार नविन विभाष र कवि विष्णु सन्यासको बहस हुने छ भने सुदुरका सञ्चारमा सिर्जना नामक बहसमा दाङका सञ्चार माध्यममा साहित्यको उपस्थितीका बारेमा चर्चा हुने छ । राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष टिकाराम उदासी, बाह्रखरीका साहित्य तथा कला सम्पादक लेनिन बन्जाडे र पत्रकार नरेन्द्र केसीको बहस हुने आयोजक उदाहरण समूह नेपालले बताएको छ ।

तेस्रो सत्रमा राप्तीको भूगोलमा जन्मिएर दशै मान्न गाउँ फर्किएका कवि तथा साहित्यकारहरुको रचना बाचन कार्यक्रम रहेको छ । गाउँ फर्किरहेका अक्षरहरु‘ शिर्षकको सत्रमा करिब दर्जन कविहरुले रचना बाचन गर्ने उदाहरण समूहका घनश्याम अस्तित्वले बताए ।

नेपाली कला, साहित्य र संगीतमा देखा परेको मोफसलमा सिर्जनात्मक र हस्तक्षेपकारी भुमिका खेल्ने उदेश्यले २०७१ सालमा कलेज कविता अभियानमार्फत सुरु भएको युवा श्रष्टाहरुको यो अभियान २०७३ सालदेखि उदाहरण समूह, नेपालको नामले काम गर्दै आएको छ । साथै पत्रकार सम्मेलन कार्यक्रममा दाङ लिट्रेचर मिनि–फेस्टिवल – २०७६ सम्पन्न गर्न आम दाङबासी, साहित्यकार, पत्रकार, संघसंस्था, जनप्रतिनिधिलाई सहयोग गर्न आग्रह समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*