Home / समाचार / अफरै अफरको घोराहीमा यामाहाको महामेला

अफरै अफरको घोराहीमा यामाहाको महामेला

दाङ,११ असोज । अफरै अफरको घोराहीमा यामाहा महामेला एक्सचेन्ज अफर कार्यक्रम आजदेखि हुने भएको छ । यमाहा कम्पनीको आधिकारिक विक्रेता श्रेष्ठ अटोमोवाईल्सको आयोजनामा आइतबार आजदेखि यहि १५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङगनमा यमाहा महामेला हुन थालेको हो ।

आयोजक श्रेष्ठ अटोमोवाईल्सले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यमाहा महामेला एक्सचेन्ज अफरको बारेमा जानकारी दिएको हो । चार दिनसम्म चल्ने महामेलामा मोटरसाईकल तथा स्कुटरको खरिदमा अफरै अफरको व्यवस्था गरिएको श्रेष्ठ अटोमोवाईल्सका सञ्चालक दीपक श्रेष्ठले जानकारी दिएका छन ।

श्रेष्ठका अनुसार महामेलामा कुनै ग्राहकहरुले बाईक एक्सचेन्ज गर्न चाहे जुनसुकै ब्राण्डको बाईक वा स्कुटरको न्यूनतम मुल्याङकन ३० हजार गरिने र त्यसमा १५ हजार थप गरिने व्यवस्था रहेको छ । महामेलामा मोटरसाईक वा स्कुटरको खरिदमा ग्राहकले निःशुल्क हेल्मेट, लेगगार्ड र पञ्जालगायतका सामग्री प्र्राप्त गर्ने भएका छन ।

त्यस्तै महामेलामा विभिन्न मोडेलका नयाँ नयाँ मोटरसाईकल समेत उपलव्ध रहेको श्रेष्ठ अटोमोबाईल्सका सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन । महामेलामा साँस्कृतिक कार्यक्रम समेत गरिने भएको छ । महामेलामा उपस्थीत हुनेहरुलाई विशेष उपहारको व्यवस्था समेत गरिने भएको छ ।

त्यस्तै कम्पनीले भिक्टोरी कार्यक्रम अन्तर्गत बिजया दशमी,दिपावली र छठको उपलक्षमा हरेक दिन एक लाखसम्मको नगद पुरस्कार,मोटरसाईकल तथा स्कुटरको खरिदमा सात हजारदेखि एक लाखसम्म नगद छुटसँगै हरेक हप्ता लक्की ड्र मार्फत आईफोन एक्स मोवाईल उपहार प्रदान गर्ने भएको छ ।

यमाहाले विभिन्न मोडेलका ११३ सिसिदेखि ३२१ सिसिसम्मकाा र मुल्य एक लाख ८८ हजार नौ सयदेखि नौ लाख २४ हजार नौ सय मुल्यसम्मका मोटरसाईकलहरु रहेको श्रेष्ठ अटोमोवाईल्स घोराहीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*