Home / Feature Breaking news / विश्वप्रकाश शर्माको प्रश्न– प्रधानमन्त्री देउवालाई सल्लाह कसले दिन्छ ?
फाईल तस्वीर

विश्वप्रकाश शर्माको प्रश्न– प्रधानमन्त्री देउवालाई सल्लाह कसले दिन्छ ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह कसले दिन्छ ? भन्दै प्रश्न गरेका छन् ।

संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याउने काम गलत भएको भन्दै हिजो ओलीको पालामा गलत भएको कार्य अहिले पनि गलत नै हुने बताए ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौं हामी ! संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*