Home / Feature Breaking news / सैघाबासीले भने- ‘जनता भुल्ने नेता चाहिदैन’

सैघाबासीले भने- ‘जनता भुल्ने नेता चाहिदैन’

दाङ, ३ कार्तिक
घोराही उप उप महानगरपालि १९ सैघाका जनताले जनता भुल्ने नेता आफुहरुलाई नचाहिने बताए । यसै क्षेत्रबाट जितेका नेताहरु फर्केर नआएको भन्दै अव त्यस्ता नेता नचाहिने बताएका हुन् ।

निर्वाचनको क्रममा घरमा आउने र जिती सकेपछि फर्केर नहेर्ने नेता नभई जनताको सुख दुखमा साथ दिने, विकासमा सहयोग गर्ने नेता आवश्यक रहेको बताएका छन् । ‘जितेर गए पछि मुख्यमन्त्री भए तर अहिले सम्म फकिएनन्’ एक स्थानियले भने- ‘फेरी चुनाव आएको छ अब फेरी जनतासंग आउने हाेलान्, कुन मुखले आउने हुन् ।’

गठबन्धनका उम्मेद्वाहरुले विहीवार सैघाका मतदाताहरुसँग भेटघाट गरेका छन् । मतदाताहरु संग भेटघाटका लागि विहिवार क्षेत्र न २ प्रतिनिधि सभाका उम्मेद्वार रेखा शर्मा र क्षेत्र नं २ क का उम्मेद्वार राजु खनाल सैघाका विभिन्न स्थानमा पुगेका थिए । मतदाताहरुले सैघामा सडक, खानेपानी, विद्युत, स्वास्थ्यको समस्या रहेको र समस्या समाधान गर्न आग्रह गरेका थिए । उम्मेद्वाहरुले यस क्षेत्रका समस्याका वारेमा जानकारी रहेको भन्दै विगतमा पनि यस क्षेत्रको विकासमा लागेको र आउदा दिनमा पनि लाग्ने बताएका थिए । घाेराही १९ काे लाकुरी बजारमा वडा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रममा वोल्दै क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माले देशमा समृद्धि र विकासका लागि गठवन्धन भएको बताइन् । गठवन्धनको मर्म सैघा वासीले स्थानिय तहमा देखाएको भन्दै आउदो निर्वाचनमा पनि सैघा वासीले देखाउने बताइन् । सैघा विकासको हिसावले पिछडिएको भन्दै आफुहरु सैघाकाे समस्या समाधानकालागी प्राथमिकतामा राखेर काम गर्ने उनले बताइन् । सबै जनता समान भएकाले सबैलाई समान दृष्ट्रिले गर्ने उनको बताइन् ।
दाङ क्षेत्र नं २ क का उम्मेद्वार राजु खनालले जनतालाइ भाषण नभए काम चाहिएको बताए । गठवन्धनले भाषण नभइ काम गर्ने उनको भनाइ रहेको थियो । गठवन्धनले जनताको आवश्यकता अनुसार काम गर्ने समेत उनले बताए । ‘गठवन्धनले जनताको भावना बुझेर अगाडि बढने छ ’ उनले भने । जनताको हितमा काम गर्ने गठबन्धनलाई विजयी बनाउन समेत उनले आग्रह गरे । विपक्षीहरुले गठवन्धन बलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे । आफ्नो क्षेत्रको विकासका र नागरिकलाइ अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । सैघाको विकासमा विगत देखि नै पहल गदै आएको भन्दै आउदा दिनमा निरन्तरता दिने उनको भनाइ रहेको थियो । देशलाई अशान्ति वाट बचाउनका लागि गठवन्धन गरेर अगाडि वढेको समेत स्पष्ट पारे । अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ । नेपाली कांग्रेसका महासमिती सदस्य भुपवहादुर डाँगीले एक्ताको सन्देश सैघा वासीले देखाएको बताए । आउदो निर्वाचनमा पनि सैघा वासीले गठवन्धनको मर्म देखाउने उनको भनाइ रहेको छ । सैघा बासीहरुलाई अरुलाई शिक्षा दिने काम गरेको भन्दै यस वाट अरुले सिक्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*