Home / Feature Breaking news / ‘जनता भुल्ने नेता चाहिँदैन’

‘जनता भुल्ने नेता चाहिँदैन’

दाङ, ४ कार्तिक । घोराही उपमहानगरपालि–१९ सैघावासीले जनता भुल्ने नेता आफूहरुलाई नचाहिने बताएका छन् । निर्वाचनका क्रममा घरमै आउने तर निर्वाचन जितेपछि फर्केर नहेर्ने ठूला नेताभन्दा सैघावासीको सुख–दुखसँगै विकासका लागि लाग्ने सानै नेता भए पनि पुग्ने बताएका छन् । पाँच बर्षअघि चुनावमा देखिएका नेताहरु अहिले पनि निर्वाचनका लागि फेरि देखिन थालेको जनताको गुनासो थियो । सत्ता गठबन्धनले सैघामा आयोजना गरेको कार्यक्रममा सहभागीले जनतालाई नभुल्न आग्रह गर्दै निर्वाचनमा सैघावासीको साथ रहने बीरबहादुर घर्तीले बताएका थिए ।
मतदाताहरुसँग भेटघाटका लागि बिहीवार क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेद्वार रेखा शर्मा र क्षेत्र नं २ (१) का उम्मेद्वार राजु खनाल सैघाका विभिन्न स्थानमा पुगेका थिए । मतदाताहरुले सैघामा सडक, खानेपानी, विद्युत, स्वास्थ्यको समस्या रहेको र समस्या समाधान गर्न आग्रह गरेका थिए । उम्मेद्वाहरुले यस क्षेत्रका समस्याका बारेमा जानकारी रहेको भन्दै विगतमा पनि यस क्षेत्रको विकासमा लागेको र आउँदा दिनमा पनि लाग्ने बताएका थिए ।
सम्पर्क कार्यालय उद्घाटन
यसैबीच घोराही उपमहानगरपालिका–१९ सैघाको लाकुरी बजारमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माले देशमा समृद्धि र विकासका लागि गठबन्धन भएको बताइन् । गठबन्धनको मर्म सैघावासीले स्थानीय तहमा देखाएको भन्दै आउँदो निर्वाचनमा पनि सैघावासीले देखाउने बताइन् । सैघा विकासको हिसावले पिछडिएको भन्दै आफूहरु बिजी भए पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताइन् । सबै जनता समान भएकाले सबैलाई समान दृष्टिले गर्ने उनको भनाइ थियो । दाङ क्षेत्र नं. २ (१) का उम्मेद्वार राजु खनालले जनतालाई भाषण नभए विकास चाहिएको भन्दै त्यो विकास गठबन्धनले गर्ने बचन दिएका थिए । उनले गठबन्धनले भाषण नभई काम गर्ने भएको बताएका थिए ।
‘गठबन्धनले जनताको भावना बुझेर अगाडि बढ्नेछ’, उनले भने । जनताको हितमा काम गर्ने गठबन्धनलाई विजयी बनाउनसमेत उनले आग्रह गरे । विपक्षीहरुले गठबन्धन बलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे । आफ्नो क्षेत्रको विकासका र नागरिकलाई अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । सैघाको विकासमा विगतदेखि नै पहल गर्दै आएको भन्दै आउँदा दिनमा निरन्तरता दिने उनको भनाइ रहेको थियो । देशलाई अशान्तिबाट बचाउनका लागि गठबन्धन गरेर अगाडि बढेको समेत स्पष्ट पारे । अहिलेको गठबन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ । नेपाली कांग्रेसका महासमिति सदस्य भूपबहादुर डाँगीले एकताको सन्देश सैघावासीले देखाएको बताए । आउँदो निर्वाचनमा पनि सैघावासीले गठवन्धनको मर्म देखाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*