Home / Feature Breaking news / फुटसलमा पत्रकार महासंघको टिम बिजयी

फुटसलमा पत्रकार महासंघको टिम बिजयी

दाङ,२९ माघ । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको छ । घोराही उपमहानगरपालिका–१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले शनिवार आयोजना गरेको मैत्रीपूर्ण खेलमा ५–६ गोल अन्तरले पत्रकार महासंघको टिम बिजयी भएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर.के.शीतल र गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापाको कप्तानीमा भएको खेलमा महासंघको टिमले ५ का विरुद्ध ६ गोल गर्दै बिजयी भएको हो । पहिलो हाफमा १–२ गोल अन्तरले पछि परेको महासंघको टिमले दोश्रो हाफमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै कमव्याक जित निकालेको हो ।

महासंघको जितका लागि सुशील चौधरी, दिपक वली, प्रविन बुढाथोकी, जीवन मल्ललगायतका खेलाडीहरुले गोल गरेका थिए भने गुरुकुलकातर्फबाट सन्दीप वलीलगायतका खेलाडीले गोल गरेका थिए । प्रतियोगितामा बिजेता टिम नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदीलगायतको टिमलाई गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापालगायतले मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*