हापुर, १८ चैत
हापुर मा.वि रतनपुरमा जारी महायज्ञकाे पाँचाै दिन साेमवार ३० लाख बढि दान संकलन भएकाे छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि घोराही १२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना गरिएको “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” काे पाम्हचाै दिन साेमवार ३० लाख ९ हजार ५ सय ९४ दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ । साेमवार २३ लाख ४१ हजार 1 सय ५५ रूपैया बराबरकाे जग्गा र ६ लाख ६८ हजार ४ सय ३९ रूपैया नगद दान संकलन भएकाे अायाेजक मूल समितिका संयाेजक दिपक न्याैपानेले जानकारी दिनुभयाे ।
महायज्ञमा हालसम्म ६६ लाख ५३ हजार २९ रूपैया बराबरकाे दान संकलन भएकाे छ ।
महायज्ञमा साेमवार वुवा लिलाधर वली र अामा पवित्रा वलीकाे स्मृतिमा घाेराही ११ का गिरिराज वली र डीलकुमारी वलीले १२ लाख ५० हजार रूपैया बराबरकाे जग्गा, घाेराही- १२ का हरि न्याैपानेले ससुरा डम्बरबहादुर न्याैपाने, सासू बसुन्धरा न्याैपाने र पति लालबहादुर न्याैपानेकाे स्मृतिमा ५ लाख ५१ हजार १ सय ५५ र घाेराही १२ हाल घाेराही १५ निवासी शंकरप्रसाद गाैतम र ईन्दिरा गाैतमले बुवा शालिकराम गाैतम, अामा नरमदादेवी गाैतम र छाेरा सुमनकुमार गाैतमकाे स्मृतिमा ५ लाख ४० रूपैया बराबरकाे जग्गा दान गर्नुभएकाे महासचिव दिपक दाहालले जानकारी दिनुभयाे ।
महायज्ञमा साेमवार घाेराही १२ का टेकबहादुर पुन र देवीकला पुनले १ लाख ५१ हजार १ सय ५१, घाेराही-१२ का राजेन्द्र लम्साल र जीवा लम्सालले ५१ हजार १ सय ५, घाेराही-११ निवासी मावस रतनपुरका प्रधानाध्यापक विबहादुर रावतले ५१ हजमर १ सय ५१, घाेराही-१२ का शालिकराम बस्नेत र मीना बस्नेतले २५ हजार ५ सय ५ रूपैया दान गर्नुभएकाे महायज्ञ अायाेजक मूल समितिका सह-काेषाध्यक्ष डम्बर श्रेष्ठले जानकारी दिनुभयाे ।
यस्तै घाेराही १५ का संविधानसभा सदस्य राजु खनालले २५ हजार ५, घाेराही १२ हाल अमेरिका निवासी पूर्व छात्रा अारती गाैतम र कमल अधिकारीले २५ हजार ५ सय १, पूर्व छात्र घाेराही १२ हाल अमेरिकाबाट २४ हजार ५ सय १, घाेराही ११ निवासी विद्यालयका शिक्षक सुरेश गाैतमले १९ हजार ९ सय ९९, घाेराही १२ निवासी विद्यालयका शिक्षक रूद्रप्रसमद उप्रेतिले १५ हजार १ सय ५५, घाेराही १२ का दामाेदर पुरी र देवा पुरीले १५ हजार ५ सय ५५ रूपैया दान गर्नुभएकाे महायज्ञका प्रचारप्रसार उपसमितिका सदस्य हेमराज गाैतमले जानकारी दिनुभयाे ।
महायज्ञमा घाेराही १२ निवासी १२ बर्षीय अायुष गाैतम र १० बर्षीय एञ्जीला गाैतमले खाजा खर्चबाट १ हजार ५ रूपैया दान गर्नुभएकाे छ ।
महायज्ञकाे प्रमुख वाचकमा बालव्यास नारायण न्याैपानेकाे संगितमय कथा वाचन, भजनकृतन एवं झाकीहरू प्रस्तुत भईरहेका छन् ।