Home / Feature Breaking news / किराना व्यवसायी समितिमा पदभार ग्रहण

किराना व्यवसायी समितिमा पदभार ग्रहण

दाङ,२९ माघ । दाङ जिल्ला उद्योग बाणिज्य संघ अन्तरतको गल्ला तथा किराना व्यवसायी समितिका नवनिर्वाचत पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शनिवार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितीले पदभार ग्रहण तथा प्रमाणपत्र प्रदान गरेको हो ।

समितिको अधिवेशन पुस २४ गते भएको थियो । कार्यक्रम गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोदप्रसाद पाण्डेको अध्यक्षता तथा निर्वाचन समितिका संयोजक एवम निवर्तमान अध्यक्ष उपेन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वोल्ने बक्ताहरुले व्यवासायीक एक्ताका लागि अगाडि बढ्नु पर्ने बताएका थिए । व्यवासायीक एक्ताले मात्र व्यवसायमा आइ पर्ने समस्याको समाधान हुने उनीहरुको भनाइ रहेको थियो ।

व्यवसायीहरुले व्यवसाय मात्र नभइ उपभोक्ताहरुको स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने बताएका थिए । यसतर्फ सचेत हुन समेत आग्रह गरेका थिए । कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य एवम निर्वाचन समितिका सदस्य विकास वली लगाएतकाले भनाइ राखेका थिए । गल्ला तथा किराना व्यवसायी समितिका उपाध्यक्ष विष्णु सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सुरज सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*