Home / Feature Breaking news / म्यादी प्रहरीले गरे घोराही बजार सरसफाई

म्यादी प्रहरीले गरे घोराही बजार सरसफाई

घोराही, १ मंसीर
दाङको घोराही उपमहानगरपालिकाले शुक्रबार घोराही क्षेत्रमा ६ सय बढी म्यादी प्रहरीलाई परिचालन गरि सरसफाई गरेको छ । पाक्षिकरुपमा गर्दै आईरहेको सरसफाई अन्तरगत जिल्ला प्रहरी कार्यालयको समन्वयमा उपमहानगरपालिकाले ६ सय म्यादी प्रहरी परिचालन गरेर बजारभरी सरसफाई गरेको हो ।

नगरको सुन्दरता र ईज्जतलाई बचाउन आफुले गरेको फोहोर आफै सफा गर्नुपर्छ भन्ने सन्देश फैलाउन उपमहानगरले पाक्षिकरुपमा सरसफाई गर्दै आएको छ । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल पनि सरसफाईमा सहभागी हुनुभएको छ ।

म्यादी प्रहरी सहित नेपाल प्रहरीले दश वटा समुहमा बिभाजन भई बजारका गल्ली गल्लीमा पुगेर सरसफाई गरेका छन् । प्रहरी बोर्डिङ, जिप्रका, तुलसीपुर चोक, बसपार्क, मिलन चोक, दामोदर चोक, सब्जीमण्डी, लखनपार्क, दूर सञ्चार, सेना व्यारेक, शहिद गेट, जेसिज मार्ग, निर्बाचन कार्यालय रोड, विपि चोक, काठेकोल, भिमसेन टोल लगाएका क्षेत्रमा भएका फोहोरहरु संकलन गरिएको छ ।

आधा दर्जन बढी फोहोर बोक्ने गाडीहरुको व्यवस्था गरि फोहोर संकलन गरिएको हो । सरसफाई ईज्जत भएको भन्दै नगर प्रमुख नरुलाल चौधरीले आफुले गरेको फोहोर आफैले व्यवस्थापन र संकलन गर्नुपर्नेमा जोड दिनुभयो । फोहोर संकलनका क्रममा सबैभन्दा धेरै मिनरल वाटरका वोतल र गुटखाका खोलहरु सडकमा फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*