Home / Feature Breaking news / ‘राष्ट्र र संविधान रक्षाका लागि गठवन्धन आवश्यक’

‘राष्ट्र र संविधान रक्षाका लागि गठवन्धन आवश्यक’

देविराम कुसारी
गोल्टाकुरी, १३ कार्तिक
राष्ट्र र संविधान सभा रक्षाको लागि गठवन्धन आवश्यक भएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धन चुनाव प्रचारप्रसार समिति दंगिशरण २ को आयोजनामा भएको चुनावी सभाका सहभागिले अहिले गठवन्धन अपरिहार्य भएको वताए ।

सभालाई सम्बधन गर्दै प्रतिनिधि सभा सदस्यका उमेद्वार दिपक गिरीले एमालेले शक्ती र सत्ताको आडमा संविधानको हत्या गर्न खोजेको बताउनुभयो । काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले संविधन नरहे राष्ट्रनै खतरामा पर्न सक्ने भएको हुदा गठवन्धन आवश्यक परेको बताउनुभयो ।

चुनाव प्रचारप्रसार समितिका संयोजक शरदिन कुसारीको अध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उमेदवार धनबहादुर मास्कीले एमाले अध्यक्षको तानाशाह प्रवृतिका कारण संविधान रक्षाकालागी गठबन्धन जन्माएको बताउनुभयो ।

देशमा ठुलाठुला परिवर्तन काँग्रेस र माओवादीको सहकार्यमा सफल भएको बताउदै यस पटकको लडाई पनि सहकार्य मै सफल हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा काँग्रसका क्षेत्रिय प्रतिनिधि पिमा खड्का, माओवादीका धनबहादुर चौधरी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण माओवादिका मदन घर्तिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*