Home / Feature Breaking news / घाेराही ६ का मतदाता भन्छन् : ‘संविधान मास्नेलाई भाेट दिन्नाै’

घाेराही ६ का मतदाता भन्छन् : ‘संविधान मास्नेलाई भाेट दिन्नाै’

घाेराही, १३ कार्तिक ।

घाेराही उपमहानगरपालिका वडा नं ६ का मतदाताहरूले आगामी मंसिर ४ गतेकाे निर्वाचनमा संविधान मास्ने शक्तिहरूलाई कुनै हालमा पनि मत नाहाल्ने बताएका छन् ।

प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्मा र प्रदेशसभा दाङ २ (२) का गठबन्धनका साझा उम्मेदवार प्रचण्ड बिक्रम न्याैपाने “गुन्टु” सँगकाे भेटमा उनीहरूले एमाले नेतृत्वको गठबन्धनले संविधान, गणतन्त्र र संघीयतालाई नै खारेज गर्ने अभियानमा लागेकाे आराेप समेत लगाए ।

स्थानीय रामकली चाैधरीले जनताकाे ठूलाे बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन लागेकाले उसलाई जनताले साथ नदिने बताउनुभयाे । “हामीले मुलुकमा शान्ति र समृद्धिकाे अपेक्षा गरेका थियाैं, एमालेले जननिर्वाचित संसदनै मास्न खाेज्याे,” उहाँले भन्नुभयाे, “गठन्धनले विकाशकाे गति अघि बढाउने छ भन्ने हामीले विश्वास गरेका छाैं ।” अर्का स्थानीय सुविन पुनले दाङकाे समृद्धिका लागि गठबन्धनले दीर्घकालीन गुरु याेजना बनाउनुपर्ने आवश्यकता ओैंल्याउनुभयाे । “गठबन्धनले निर्वाचनमा बहुमत हासिल गर्छ भन्ने हामीलाई विश्वास छ,” उहाँले भन्नुभयाे, “हिजाेकाे परिवर्तन पनि काङ्ग्रेस र माओवादी मिलेर नै सम्भव भएकाे हाे ।”

अर्का स्थानीय धनपति चाैधरीले आफ्नाे वडाबाट गठबन्धनलाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्माले मंसिर ४ पछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने ठाेकुवा गर्नुभयाे । उहाँले प्रत्यक्षमा एमालेका उम्मेदवारले पाँच/सात सिट भन्दा बढी ठाउँमा जित हासिल गर्न नसक्ने दावी गर्नुभयाे ।

प्रदेशसभा दाङ २ (२) का उम्मेदवार प्रचण्ड बिक्रम न्याैपाने “गुन्टु” ले दाङका ९ ओटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्ने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*