Home / Feature Breaking news / दाङमा लोकतान्त्रीक गठबन्धन थप बलियो

दाङमा लोकतान्त्रीक गठबन्धन थप बलियो

घोराही, ३० कार्तिक
दाङमा लोकतान्त्रीक गठबन्धन बलियो बन्दै गएको छ । वुधवार राप्रपा र राप्रपा प्रजातन्त्रीकबी निर्वाचन तालमेल गर्ने सहमति भएको पछिल्लो दिन विहीवार आज कांगेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रीकबीच केन्द्रमा भएको एकीकरणलाई स्थानीय तहमा पनि कार्यान्वयन गर्ने उद्धेश्यकासाथ दाङमा पन निर्वाचनमा सँगै जाने सहमति भएको छ ।

कांग्रेस र लोकतान्त्रीक फोरमका जिल्ला अध्यक्षहरु सहितको बैठकले कांग्रेस र लोकतान्त्रीक फोरम जिल्लामा पनि समायोजन गरेर कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि लागीपर्ने निर्णय भएको छ ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति किर्तीबहादुर खड्का, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, लोकतान्त्रीक फोरमका जिल्ला अध्यक्ष शनिराम चौधरी, केन्द्रिय सदस्य धनिराम चौधरी, जिल्ला सचिव सरोज चौधरी लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

यसैबीच मधेसी जनअधिकार फोरम लोकतान्त्रीक दाङले केन्द्रको निर्णय अनुसार आज विहीवारदेखी जिल्लामा पनि कांग्रेससँग पार्टि समायोजन भएको जानकारी गराएको छ ।

फोरमका जिल्ला अध्यक्ष शनिराम चौधरी, सचिव सरोज चौधरी र केन्द्रिय सदस्य धनिराम चौधरीले विहीवार एक विज्ञप्ती निकालेर पार्टिको केन्द्रिय निर्णयलाई कार्यान्वयन गर्दै जिल्लामा पनि कांग्रेससँग समायोजन भएको जानकारी गराउनुभएको छ ।

साथै आगामी मंसीर २१ गते हुने निर्वाचनमा कांग्रेसका उमेद्वारहरु जितथाउनकालागि लागिपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*