Home / Feature Breaking news / क्रियाशील सदस्य बस्नेतको शोकसभा

क्रियाशील सदस्य बस्नेतको शोकसभा

नारायणपुर, २८ माघ
घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य बहादुर बस्नेतको निधन भएको १३ औँ दिनमा श्रद्धाञ्जली सभा शुक्रवार सम्पन्न भएको छ । घोराही १० वडा ईकाइ समितिको आयोजनामा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी गुमानसिंह बस्नेतको वुवा बहादुर बस्नेतको स्मृतिमा श्रद्धाञ्जली सभा नारायणपुरमा सम्पन्न भएको हो ।

वडा सभापति देवबहादुर वलीको अध्यक्षता एवं नेपाली कांग्रेसका महासमिति सदस्य भुपबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली कांग्रेसलाई बलियो बनाउनकालागी स्वर्गीय बस्नेतले पु¥याउनुभएको योगदानको चर्चा गर्दै उहाँको निधनले समाज र पार्टिलाई अतुलनिय क्षति भएको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधी दिपक पाण्डे, क्षेत्र नम्बर २ (ख) का सभापति अभियान बस्नेत, घोराही उपमहानगरका सभापति तिलक रावत लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई कान्छा छोरा गुमानसिंह बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण वडा ईकाई सचिव चित्रबहादुर रावतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*