Home / Feature Breaking news / स्यूजामा गठबन्धनको विशाल जनसभा, बंगलाचुलीले निर्णायक धक्का दिने छ : शर्मा

स्यूजामा गठबन्धनको विशाल जनसभा, बंगलाचुलीले निर्णायक धक्का दिने छ : शर्मा

बंगलाचुली, २४ कार्तिक । दाङकाे बंगलाचुलीकाे बाेजपाेखरामा गठबन्धन दलले विशाल जनसभा गरेका छन् ।

बुधवार कमिरेचाैर र मुर्कुटीमा सभा गरेकाे गठबन्धनले बिहिवार बाेजपाेखरामा शक्ति प्रदर्शन गरेकाे छ । जनसभामा हजाराैंकाे सहभागीता रहेकाे थियाे । सभालाई संवाेधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ कि गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले बंगलाचुलीले विजयकाे यात्रा प्रारम्भ गरिसकेकाे बताउनुभयाे । उहाँले बंगलाचुलीले निर्णायक धक्का दिदै गठबन्धनको विजयलाई सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

शर्माले बंगलाचुली क्षेत्रकाे विकासका लागि आफूहरूले विगत देखि नेै काम गरिरहेकाे उल्लेख गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले महिलाले पनि देश चलाउन सक्छन् भन्ने कुराकाे सन्देश दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

प्रदेशसभा दाङ निर्वाचन क्षेत्र नं २ (१) का उम्मेदवार राजु खनालले एमालेले प्रतिगमनकारी दलहरूकाे नेतृत्व गरिरहेकाे बताउनुभयाे । उहाँले संविधान र लाेकतन्त्रकाे रक्षाका लागि गठबन्धनलाई मतदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रममा राष्ट्रिय सभाकी मुख्य सचेतक अनिता देवकाेटा, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री खगराज पाण्डे

माओवादी केन्द्रकि समानुपातिक उम्मेदवार एवम् पाेलिटब्युराे सदस्य नारायणी शर्मा, नेपाली काङ्रेसका समानुपातिक उम्मेदवारहरू धुव्र पुन, पुष्पा श्रेष्ठ, लिला नेपालीले मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

निर्वाचन प्रचारप्रसार समितिका संयाेजक विनाेद गाैतमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन वलदेव मल्लले गर्नुभएको थियाे । कार्यक्रम सहसंयाेजक जितबहादुर घर्तीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*