Home / मनोरञ्जन / गौतमका एक सय एक मुक्तकः मायादेखी बलात्कारसम्म

गौतमका एक सय एक मुक्तकः मायादेखी बलात्कारसम्म

अमर क्षितिज भण्डारी
भाद, १६ दाङ

लेखक संघ दाङको आयोजनामा मुक्तककार राजिब गौतमको एकल रचना वाचन घोराहीमा सम्पन्न भएको छ । लामो समय देखी मुक्तक लेख्दै आउनु भएका मुक्तककार गौतमले आज बिभिन्न बिषय र परिस्थीतीमा लेखिएका १ सय १ मुक्तक वाचन गर्नु भएको थियो ।

जव मुक्तककार गौतमले कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको बिषयमा रचना गरेको मुक्तक शुरु गर्नु भयो लेखक संघको सभाहल पुरै स्तब्ध भयोः

निर्धाहरु बलात्कृत हुन्छन ।
स्वाभिमानीहरु तिरस्कृत हुन्छन ।।
जब पुरस्कार बितरणको कार्यक्रम हुन्छ, ।
भ्रष्ट र चोरहरु पुरस्कृत हुन्छन ।।

धारा प्रवाह रुपमा मुक्तक वाचन गर्नु भएका गौतमले कहिले राजनितिक, सामाजिक बिकृती माथी ब्यङ्ग्य गर्नु भयो भने कहिले कुसंस्कार र भष्टाचारका बिरुद्धमा आफ्ना मुक्तक पस्किनु भयो ।

मुक्तक वाचनकै क्रममा गौतमले समाजमा हुने गरेको बोक्सी, झुमा देउकी तथा छाउपडिका नाममा धेरै महिलाहरुले हिंसा भोगेको र मृत्यु बरण गर्नु परेको भन्दै आफुलाई बैरागी भन्दै मुक्तकका यसरी पोखिनु भयो ।

सक्छौ भने कपटिका ओठ बन्द गर ।
बोक्सी,झुमा, देउकीका नामको चोट बन्द गर ।।
बैरागीलाई अधिकारका कुरा नसुनाउ सरकार ।
सक्छौ भने नेपालका छाउपडि गोठ बन्द गर ।।

संबिधानले जातीय छुवाछुतलाई दण्डनिय भने पनि यसका बारेमा अहिले पनि यसका अवशेषहरु पखालिन नसकेको र यसबाट प्रभावित हुनेको संख्यामा कमी नआएको भन्दै मुक्तककार गौतमले युवा युवतिको अन्तर जातिय प्रेमाकर्षणलाई यसरी पस्कीनु भयो ।

उनि मेरो नजिक आइन मेरो मनको बात सम्झेर ।
आँसुहरु झार्दै थिइन् कथाका अन्तरघात सम्झेर ।।
डुल्ने घुम्ने संगै हुन्थ्यो चिया मगाएँ पिउनै के थालेका थियाँै ।
तर जुरुक्क उठेर गइन् उनी मेरो जात सम्झेर ।।

छोराछोरीहरुले आमा बाबु प्रतिको कर्तब्य भुल्दै भएको, युवायुवतीहरु आफ्नो रीती सस्ंकृती बिर्सिएर पश्चिमा सस्ंकृती अंगालेको प्रति निक्कै तिखो अनि चोटिला ब्यङ्ग्य प्रहार गर्नु भएका मुक्तककार गौतमले अहिलेका धेरै युवा जमात संघर्ष गर्नबाट डराएर भाग्ने गरेको र खुट्टा तान्ने प्रवृती पनि हाबि भएको प्रति मुक्तककार गौतमले त्यसले नयाँ पाठ सिकाउने र

शत्रुहरु प्रति नमन गर्दै ब्यङ्ग्य पनि गर्नुभएको छ ।
बाले हिड्न सिकाउनु भो उसले दौडन सिकायो ।
मार्नलाई पोखरीमा फाल्यो उसले पौडन सिकायो ।।
बैरागीको ससत नमन छ आदरणीय दुष्मनलाई ।
बारम्बार पछार्न खोज्यो उस्ले उठ्न सिकायो ।।

वाचित मुक्तकहरुका बारेमा प्राज्ञ बरिष्ठ साहित्यकार उत्तमकृण मजगैंयाले समिक्षा गर्नु भएको थियो ।  सामाजिक अध्यारो पक्षको तिब्र बिरोध र उज्यालो पक्षको चित्रण गर्दै गौतमका मुक्तकहरु आएको भन्दै यसले समाज सुधारको जगमा नयाँ इटा थप्ने काम भएको समिक्षक मजगैंयाले बताउनु भयो ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको सभापतित्व तथा राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटाको प्रमूख आथित्यमा भएको कार्यक्रममा लेखक संघ दाङका उपाध्यक्ष गोबिन्द पौडेल, साहित्यकार नरेशजंग राणा, नारद प्रसाद भण्डारी, नगेन्द्र गुरु, कमला रिजाल लगाएतकाले शुभकामना मन्तब्य तथा आआफ्ना रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण लेखक संघ दाङका सहसचिब हुमबहादुर डिसीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*