दाङको बंगलाचुली गाउँपालिकाका अग्नीपीडित हरुलाई राहत वतरण गरिएको छ । गाँउपालिकाको वडा नं. २ र ५ का अग्निपिडितलाई राहत वितरण गरिएको हो ।
बंगलाचुली गाउँपालिका २ पाखापानीका कमला बिक र वडा नं. ५ का भानु थापाको घरमा गत ४ गते भएको आगलागीबाट घर पुर्ण रूपमा जलेर नस्ट भएको थियो ।
घर भित्र रहेको सम्पुर्ण लत्ताकपडा र खाद्यान्न सम्पुर्ण सरसामान नष्ट भएको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले जानकारी दिनु भयो ।
वुधवार बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जि.सिको नेतृत्वमा राहत वितरण गरिएको छ । जिसी राहतसहित घटना स्तलमा पुगेर पडिीतहरलाई वितरणर्गुभएकोथियो ।
अग्नीपीडितहरलाई चामल, दाल, नुन, स्वाईबिन, खाने तेल र चिउरा लगायतका खाद्यान्न प्रदान गरिएको थियो । राहत लिदै अग्नि पीडितले सहयोगीहरुलाई धन्यवाद दिएका थिए।
उक्त खाद्यान्न दाङ क्षेत्र नं २ (१) का सांसद माननीय राजु खनाल, बंगलाचुली गापाका उपाध्यक्ष भक्त बहादुर जिसि, नेपाली काङ्ग्रेस दाङ जिल्ला सदस्य जित बहादुर वलि, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वलि, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका सचिब चेत प्रसाद डांगि, दाङ जिल्ला उधोग बाणिज्य संघ बंगलाचुली शाखाका अध्यक्ष रुक प्रसाद पुलामि, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका वडा नं. ५ का सभापति केशब जिसि, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका वडा नं. ४ का उपसभापति बिक्रम डांगि र नेपाली काङ्ग्रेसका सकृय सदस्य टेक बहादुर पोख्रेलले सहयोग गर्नु भएको थियो ।
RaptiSandesh RaptiSandesh