Home / Feature Breaking news / पदमोदयका बसन्तले गरे ४० विद्युतीय उपकरण निर्माण

पदमोदयका बसन्तले गरे ४० विद्युतीय उपकरण निर्माण

राप्ती सन्देश समाचारदाता
दाङ, १५ फागुन । घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक बिद्यालय अध्ययनरत एक विद्यार्थीले विभिन्न ४० विद्युतीय उपकरण निर्माण गरेका छन् । विद्यालयमा बिद्युत् ओभरसीयर तेस्रो बर्षमा अध्ययन गर्दै आएका बसन्त वलीले ४० प्रकारका बिद्युतीय उपकरण निर्माण गरेका हुन ।
बिद्यालयले मंगलबार पत्रकार सम्मेलन आयोजना गरि वलीले निर्माण गरेका उक्त बिद्युतीय सामग्रीको बारेमा जानकारी गराएको हो । वलीले घरमा ताला कसैले फोडे मोबाईलबाट थाहा पाउने यन्त्र, रिमोटबाट ढोकाको चुकुल खोल्ने र बन्द हुने, पानी टंकीमा पानी सकिए भर्नका लागि अन र भरिएपछि अफ हुने यन्त्रलगाएतका उपकरणहरु निर्माण गरेका हुन ।

त्यसैगरी, मोबाइलबाटै राईसकुकर, फ्रिज अनअफ हुने यन्त्र, रातीमा आफै बल्ने र दिउँसोमा आफै बन्द हुने उपकरणहरु बनाएको पत्रकार सम्मेलनमा वलीले जानकारी गराएका थिए । रुकुम मुसीकोट नगरपालिका—११ स्याबाङ निबासी वलीले आफुले बनाएका उपकरण बिभिन्न ठाउँमा प्रयोगमा समेत ल्याएको पत्रकार सम्मेलन माफर्तत जानकारी गराएका हुन ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपेन्द्रकुमार घर्तीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । पत्रकार सम्मेलनको सञ्चालन शिक्षक कमल वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*