Home / Feature Breaking news / अब एमसिसीमा जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ: ओली
फाईल तस्बीर

अब एमसिसीमा जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ: ओली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसिसीबारे जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने बताएका छन्।

बुधबारबाट सुरू भएको भएको एमालेको केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले एमसिसी संसदबाट पास भइसकेकाले यसलाई राष्ट्रहित प्रतिकुल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएका छन्।

ओलीको प्रतिवेदनमा सरकारले एमसिसी सम्झौतामा गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको भने कुनै अर्थ नभएको उल्लेख छ।

अहिलेका सत्तारूढ दलले निषेध, घृणा र ध्रुवीकरणको राजनीति गरेको ओलीको आरोप छ।

‘प्रतिपक्षलाई समाप्त पार्ने, धुलोपिठो पार्ने, बदला लिनेजस्ता सत्तारूढ नेताहरूका अलोकतान्त्रिक अभिव्यक्तिहरूले उनीहरूमा न्यूनतम लोकतान्त्रिक चरित्र समेत नभएको स्पष्ट पारेको छ,’ प्रतिवेदनमा भनिएको छ,‘र उनीहरू सामाजिक फाँसीवादतिर अग्रसर हुँदै गरेको संकेत गरेको छ।’

एमालेविरूद्ध घेराबन्दी, मोर्चाबन्दी र षडयन्त्र भइरहेको र चुनावमा जनतामार्फत तिनलाई परास्त गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*