Home / Feature Breaking news / लैगिक हिंसा निवारणका लागि जनप्रतिनिधीहरुको प्रतिवद्धता

लैगिक हिंसा निवारणका लागि जनप्रतिनिधीहरुको प्रतिवद्धता

घाेराही, ३ फागुन
बालमैत्रि नगर घोषणा गरेको दाङको घोराही उपमहानगरपालिकाले लैगिंक हिंसा निवारणका लागि अभियानको थालनी गरेको छ । घोराही उपमहानगरका जनप्रतिनिधी तथा शाखा महाशाखाका प्रतिनिधीहरु बिच आज बिहिवार गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवाहाहरुले लैगिक हिंसा निवारणका लागि आआफ्नो ठाँउबाट भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।
उपमहानगरका प्रमूख उपप्रमूख १९ वटै वडाध्यक्षहरु र पालिकाका महाशाखा र शाखा प्रमूखहरुले लैगिक हिंसा निवारणका लागि लिखितरुपमा प्रतिवद्धता जनाएका हुन् ।
लैगिक हिंसा व्यक्ति, परिवार र समाज परिवर्तनको वाधक भएको भन्दै यसको निवारणका लागि सामूहिक प्रयास आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
समाजमा अहिलेपनि हिंसाका डरलाग्दा तथ्य र तथ्याङ्कहरु आइरहेको भन्दै यसको निवारण विना समुन्नत समाजको परिकल्पना गर्न नसकिने भन्दै सहभागीहरुले ३ वर्ष भित्र घोराही उपमहानगरलाई लैगिक हिंसा निवारण गर्ने कुरामा सहमती जनाएका छन् । पहिलो चरणमा पालिकाका सवै वडाहरुका सरोकारवालाहरुका विच अभिमूखी करण कार्यक्रम गर्ने, तथ्य र तथ्याङहरुको संकलन तथा विश्लेषण गर्ने र पालिकामा पठाइ पालिका स्तरको लैंगिक हिंसा निवारण योजना निमार्ण गर्ने बताइएको छ ।
महिला वालवालिका तथा सामाजिक विकास शाखा प्रमूख मोति विश्वकर्माले विषय प्रवेश गराएको कार्यक्रममा अभियानकर्मी विकिरण गौतम र पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*